Posted by: Rahuldai November 17, 2008
हिमाल खबर पत्रीकामा आगजनी
Login in to Rate this Post:     5       ?         Liked by

हिमाल खबर पत्रीकामा आगजनी

यसै साझाका पुराना सकृया सदस्य आशु जी (CEO) को प्रकाशन  हिमाल खबर पत्रीका को बितरण कार्यालयमा नकाबधारी केही आतंकारी गुंडाहरुद्वारा आगजनी त तोडफोड भएको खबर छ। नयाँ नेपालको प्रेस स्वतन्त्रता र जन-गन तन्त्र को नमूना हो जस्तो लाग्दछ मलाई त।

 


 

'मौलिक अधिकारमाथि हमला'
हिमाल खबरपत्रिका जलाइएको घटनालाई प्रमुख राजनीतिक दलका नेताहरुले खेदजनक तथा मौलिक अधिकारमाथिको हमला भएको बताएका छन् ।


 

? ????? ???? | ??:?? मा पोष्ट गरिएको
प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

हिमाल खबरपत्रिका जलाइएको घट्नाको प्रमुख राजनीतिक दलका नेताहरुले बिरोध गरेका छन् । मंसिर २ गते हिमालखबर डट कमसँग कुरा गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा सभासद डा. मिनेन्द्र रिजालले हिमाल खबरपत्रिका जलाएको घटना मौलिक हक/अधिकारमाथिको हमला भएको उल्लेख गरे । रिजालले खेदजनक यो घटनाबारे आफ्नो पार्टीले ब्यवस्थापिका संसद बैठकमा कुरा उठाएको तथा संविधानसभा बैठकमा पनि सशक्तरुपमा आवाज उठाउने बताए । रिजालले सरकारको नेतृत्व गरीरहेको पार्टीबाटै यो घट्ना भएको दावी गर्दै यसलाई सरकारले तत्काल रोक्नुपर्ने पनि माग गरे ।
 
एमाले प्रचार विभाग प्रमुख इश्वर पोखरेलले हिमाल खबरपत्रिकामाथिको हमलालाई विचार नमिलेका प्रकाशन बन्द गराउने कुचेष्टा भएको बताए । घट्ना अधिनायकवादी सोचको पराकाष्ठा भएको उल्लेख गर्दै पोखरेलले भने, 'यो घट्ना अराजक, अपराधीहरुको अन्त्यन्त घिनलाग्दो प्रयास हो ।'

माओवादी नेता तथा सभासद सुरेश आले मगरले घटनाबारे प्रतिक्रिया दिदै घट्ना जुनसुकै वहानामा भएपनि गलत भएको धारणा राखे । प्रकाशनका कर्मचारीहरुको आन्तरिक बिबादका कारण घटना भएको हुनसक्ने दावी गर्दै आले मगरले सबै बिबाद वार्ताको माध्यमबाट समाधान गरिनुपर्ने बताए

http://www.himalkhabar.com/news.php?id=1528

Read Full Discussion Thread for this article