Posted by: chipledhunga November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

दीपूलाई केही प्रश्नहरु:

1)  धोबीखोलाको पानीको बहावमा कति घटबढ भएको रहेछ?
२)  सफा टेम्पो पाउन कत्तिको गार्हो भयो र नपाएको बेलामा काला टेम्पोहरुलाई क्रमश: बिस्थापन गर्दै भित्रिएका सेता मारुतीहरु चढ्दाको अनुभव कस्तो रह्यो?
३) नेपाल गएर के पायौ अनि के गुमायौ?
४) बिमानस्थलदेखि कालोपुलसम्मको सडकको कालोपत्रको अवस्था कस्तो थियो?
५) रुघाखोकी तथा उदर बिकारले कति कति दिन पूर्ण तथा आंशिक रुपमा ग्राउन्डेड भयौ?
६) रेडियो तथा टि.भीमा "नेपाली" भाषामा सन्चालित कार्यक्रमहरुमा नेपाली शब्दहरुको प्रयोग सरदर कति प्रतिशत भएको थियो?
७) रन्जना हल बाहिर बेचिने सोडाको मूल्य तथा तापक्रम कति कति थियो?
८) ज्ञानेतान्त्रिक तथा गणतान्त्रिक नेपालमा सबैभन्दा ठुलो भिन्नता के पायौ?
९) जोगीकूटीदेखि कोटीहवासम्मको माईक्रोबसको भाडा कति थियो?
अथवा

स्याउ टोक्न अघि स्टिकर छ कि भनेर हेर्यौ कि हेरिनौ?


१०) बिहे गरेर आयौ कि नगरी आयौ?

बाउचा, के को पैसा ठग्न खोजेको मसँग?


चेली, हर्के, दीप तथा नाम छुटेका अरु सबैलाई अपरान्हको जदौ।  

  

Read Full Discussion Thread for this article