Posted by: Himalaya178 November 12, 2008
देस डुबाउने भये राढीका छोराहरुले
Login in to Rate this Post:     0       ?        

ँलडाकु कमान्डर सेनाप्रमुख हुन नसक्ने’

कान्तिपुर संवाददाता

बा“के, कार्तिक २६ - एमाले महासचिव झलनाथ खनालले माओवादी सेनाका कमान्डर पासाङ नेपाली सेनाको प्रमुख हुन नसक्ने बताएका छन् ।

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले 'हुनसक्ने' बताएकोबारे आफूले जानकारी लिएको उल्लेख गर्दै उनले भने, 'लडाकु कमान्डरलाई प्रमुख बनाउने प्रश्नै उठ्दैन ।'

महासचिव खनालले माओवादीका केही नेताले भनेझैं एमाले सबै लडाकु समायोजन गर्ने र कांग्रेस नेताले भनेझैं एकजना पनि सेनामा समावेश गर्न नहुने दुवै धारणाको विपक्षमा रहेको बताए । अगुवा कार्यकर्ता प्रशिक्षणका लागि नेपालगन्ज आएका बेला प्रेस चौतारीद्वारा मंगलबार आयोजित पत्रकार भेटघाटमा उनले उक्त कुरा बताएका हुन् ।

खनालले सेना समायोजन विशेष समिति पुर्ुनर्गठन गर्न दलहरूबीच नीतिगत सहमति भइसकेको पनि बताए । 'कांग्रेसस“ग सहमति भइसकेको छ,' उनले भने, 'प्रतिनिधित्वको संख्या टुंगो लगाउन बा“की छ । ढिलोमा एक-दर्ुर्ुइ दिनभित्र पुर्ुनर्गठन हुन्छ ।'

Read Full Discussion Thread for this article