Posted by: crazy_love November 12, 2008
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

 

भाग-२

"हेल्लो.............हेल्लो। कहाँ छस् तँ अहिले?" उता बिबेकले बोलाउन थाल्यो उस्लाइ।


"सुरज आर्केडनिर।" उसले बिस्तारै भन्यो।


"लोकेसन त भन।" बिबेक आउने जस्तै कुरा गर्न थाल्यो।


"भैगो अहिले लाइ। भरै बेलुकी घरमै आइज।" उसले केहि छिन एक्लै बस्ने बिचार गर्‍यो।


"हुन्छ! ल भरै भेटुला।" बिबेकले फोन राखिदियो।

उ त्यहाँबाट घरतिर लाग्यो। घरमा पस्ने बितिकै रिमोट कन्ट्रोल हातमा लिएर टि।वि। हेर्ने कोशिस गर्‍यो। च्यानलहरु चेन्ज गर्न थाल्यो तर उसलाइ केहि हेर्न मन लागेन। उ छिट्टै घर आको देखेर ठुल्दि अलिकति आस्चर्य हुनु भयो। कोठामा नपसी ढोकाबाटै सोध्नु भयो।

"आज सन्चो भएन कि के हो बाबु?" घरको सदस्य भन्दा नजिक लाग्ने उस्को ठुल्दिको स्वरमा चिन्ता थियो।  उहाँ सानै देखि उसको घरमा सबै घर धन्दा सघाउने गर्नु हुन्थ्यो।  उहाँको उमेर यही घरको काम गर्दा गर्दै ढलेको थ्यो। करिब ५५ बर्स हुनु भएकि ठुल्दिको आफन्त हरु कहिले कहिं मात्र उहाँलाइ भेट्न आँउथे। ठुल्दि उस्को दुखसुख बाँड्ने साथी हुनु भएको थ्यो।

"अँ त्यस्तै भन्नु पर्‍यो, अलिकति टाउको मात्र दुख्या जस्तो छ। खासै बिरामी चाही होइन ठुल्दि।" उस्ले ठुल्दिसङ भन्यो।

"त्येसो भये चिया बनाउ?" ठुल्दिले सोध्नु भयो।

"चिया होइन ठुल्दि, बरु कागती पानी खान मन लाग्यो।" उसलाइ शीतल हुन मन लाग्यो। साक्षीको यादले उस्लाइ फेरि भत्भति पोल्न थाल्यो, कोठाको हरेक बस्तुमा साक्षीको आभाश छ। दराज, ड्रेस्सिङ टेबुल, खाट, झ्याल, ढोका, भुइँ सबैमा उसको स्पर्श छ। सबैमा अझै साक्षी बास बसेकी छे जस्तो लाग्यो उस्लाइ। फेरि उस्लाइ साक्षी उस्को कोठामा आएकी जस्तो लाग्यो। साक्षीको सुगन्धले कोठा मगमगाउन थाल्यो।

"धेरै नै दुख्यो भने डक्टर कहाँ जाउ न त।" ठुल्दिले पानीको गिलास खाट नजिकैको सानो टेबुलमा राख्दै भन्नु भयो।

"रुघा लाग्न लाग्या जस्तो छ। डक्टरका जानु पर्दैन अहिले।" उ फेरि सोच्न थाल्यो साक्षीको बारेमा।

ठुल्दि चुप लागेर ढोकामा मात्र के पुग्न लाग्नु भाको थ्यो। उसले ठुल्दीलाइ भन्यो।

"ठुल्दी, आज मैले साक्षीलाइ देखें।"

"कहाँ?" ठुल्दीको स्वर अरु उत्सुकता जाग्यो।

"एउटा मिठाइ पसलमा। उ जस्ताको त्यस्तै थी। मलाइ छोडेर जानु अघि जस्ती थी, अझै पनि त्यस्तै छे।" कुरालाइ सहज बनाउन कोशिश गर्‍यो उस्ले।

"के गर्नु ? सोझी देखिन्थी, हँसीली थी, मिजासिली थी। त्यस्तो पोइला जाने जस्तो त कहिले लाग्दैनथ्यो। लगायो होला टुनामुना पापीले, बिचरी त्यतिकै हिंडी। सानो उमेरमा कुरै कुरामा बहकी होली। मान्छेको अनेक नियत हुन्छ, अरुको घर बिगार्ने।" ठुल्दी आँखाभरी आँसु पार्न थाल्नु भयो।

"जाने मान्छे गइसकी ठुल्दी। अब रोएर, उसलाइ सम्झेर के फाइदा? आज बिबेक आँउदैछ, उसलाइ मनपर्ने तरकारी पकाउनु है ठुल्दी।" उसको कुरा सुनेर ठुल्दी माथी भान्छातिर लाग्नु भयो।

साक्षी सङ उसको झगडा कहिले परेन। बिहेको ५ महिनासम्म पनि उहिहरुको भनाभन पनि भएन। साक्षी कम बोल्थी, धेरै जस्तो आफ्नै संसारमा हुन्थी गित रच्थी, मेटाउथी र फेरि लेख्थी। उसको गितको एउटा नोटबुक नैं थ्यो। उस्को २ वटा गित त त्यही गाइनेले गाको भनेको उसले सुनेको हो, साक्षीको माइतीमा। कहिले कहि आकाशको तारा हेरेर रमाँउथी साक्षी, उसलाइ चाहीं तारामा रमाउनु पर्ने केहि कुरा छ जस्तो लाग्दैन थ्यो। अलि भाबुक खालकी साक्षी तर त्यति कठोर होली भन्ने उसले सपनामा पनि सोचेको थिएन। उ त के? ठुल्दीलाइ पनि साक्षीले प्रभाव पारेकी थी।

"के अब तपाँइ पनि बिछोडको गीत रच्न थाल्नु भाको हो?" बिबेक आयो।

"नकरा धेरै। आज मुड अफ छ यहाँ।" झर्केर भन्यो उसले।

"त्यस्तो माया लाग्छ भने जा न त! साक्षीलाइ लिएर आइज ! अँ, गाइनेलाइ चाहिँ गायब पार्ने जिम्मा मेरो। हुन्छ?" झन जिस्काउन थाल्यो बिबेकले उसलाइ।

"साला! त्यत्रो कन्या केटीहरु हुदाँहुदै मेरै स्वास्नी उडाउनु पर्ने त्यो गाइनेलाइ। साँच्चै सक्छस् भने त्यसको लाश बेपत्ता पार्दे न! म जति पनि पैसा खर्च गर्न सक्छु त्यसको लागि।" उसलाइ पनि रिस उठ्यो उसको जार, गाइने प्रति।

"त्यस्तो मुर्ख बुद्धिले केहि हुने वाला छैन। दिमाग ठन्डा गरेर सोच। तेरो आफ्नै स्वास्नी भागे पछि गाइनेलाइ मात्र के को दोश? बरु मैले पहिले नैं भन्याथें तलाइँ। आफु भन्दा धेरै कलिलि केटिसङ बिहे गर्नु हुँदैन भनेर। त्यो बेला तैले केहि सोचिनस्। अहिले पछुताएर के काम?" बिबेक बाठो हुन थाल्यो।

"साक्षी नाबालिग केटि होइन, उ २० बर्स पुगिसकेकी थी।  उ अनभिग्य थिन बिहे बारे, उसको परिवारले सबै सोचेर र उसले पनि मलाइ मन पराएर बिहे गरेकी हो। लोग्ने स्वास्नीको उमेरमा १५ बर्सको फरक त ठुलो कुरा होइन नि हाम्रो समाजमा। तेरो फुपु र फुपाजुको २२ बर्सको फरक छ भन्या होइन उमेरमा? खोइ त उनिहरु अझै मुना मदन जस्ता छन्।" उसलाइ बिबेकको तर्क मन परेन।

"भैगो छोडिदे गैसकेको कुरालाइ। बरु मैले कतै सुनेको थें, स्वास्नीले छोड्नु को प्रमुख कारणहरु २ वटा हुन्छन्, नम्बर १, आर्थिक अबस्था, त्यो तिमीहरुको सम्बन्धको मुल अबरोध हुनै सक्दैन। उ पनि हुनेखानेकी छोरी हो र तेरो पनि  प्रशस्तै सम्पती छ। नम्बर २, चाहि............ "बिबेकले उसलाइ गहिरेर हेर्‍यो।

"के...?" उसले पनि सोध्यो।

"तिमिहरुको सम्बन्ध लोग्ने स्वास्नीको जस्तो त थियो? भनाइको मतलब बुझिस् हैन तैंले ?" घुमाएर भन्यो बिबेकले।

"एउटै घरमा, एउटै कोठामा बिहे गरेर बसेका दम्पती लोग्ने स्वास्नी नभएर कतै साथी हुन्छन् त?" उसलाइ झनक्क रिस उठ्यो।

"तेसो भये के कारणले छोडी त तंलाइ साक्षीले?" बिबेकले फेरि त्यही प्रश्न गर्‍यो, जसको उत्तर उसलाइ पनि थाहा थिएन।

"त्यस्तो कारण थाहा पाको भए त साक्षी अहिले म सङै हुन्थी नि। छोड यी कुराहरु।" उ एकछिन मौन भयो, बिबेक पनि चुप लाग्यो, केहि बोलेन।

"आज मलाइ यस्तो लाग्यो, साक्षी अझै मलाइ माया गर्छे। मैले उसको आँखामा म प्रतिको चाहना देखे। मलाइ लाग्छ उ म कहाँ फर्किन चाहन्छे, त्यो २४ बर्सको गाइनेले शायद उसको मनलाइ त्यति बुझ्न सक्दैन, जति म उसको अनुहार पढेर उसको हालत बताउन सक्छु। अहिले गाइनेमा मायाको ज्वरो छ, त्यो केहि दिन पछि नै ओर्लिन्छ। शायद साक्षीले त्यो कुरा महसुस गर्न थालेकी छे। उ अझै मलाइ चाहन्छे।" उसको कुराले बिबेक अलमल्ल भन्यो।

" ल ठिक छ ! उ तँलाइ चाहन्छे रे, तँ पनि के उसलाइ चाहन्छेस्?" बिबेकले उसको आँखामा गहिरो सङ पढ्न खोज्यो।

"मलाइ थाहा छैन।" उसले लामो स्वास फेर्‍यो।

"त्यही भएर त स्वास्नीले छाडेर गइ नि।" बिबेकले फेरि प्रहार गर्‍यो उसलाइ शब्द बाणले।

उ बोल्दै बोलेन, बिबेकलाइ हेरि रह्यो।

"ल यो फोन नम्बरमा कन्ट्याक्ट गरेर अपोइंट्मेन्ट लिनु। एक्दम राम्रो साइकियाट्रिस्ट छ मानसिक अस्पतालको। भोली नैं गएर आफुलाइ जचाँउनु।" बिबेकले नरम भएर एउटा फोन नम्बर कागजको टुक्रामा उसलाइ दियो। उसले कागजको टुक्रा हेर्दै नहेरी च्यातेर फालिदियो।

"म साक्षीलाइ भेट्न चाहन्छु।" उसले बिबेकलाइ नहेरी गम्भिर भएर भन्यो।

"तेसो भये गाइनेलाइ गएर भेट पहिला। गाइनेको फोन नम्बर खोजुँ? मेरो बहिनी पनि फ्यान हो त्यसको। सबै नयाँ जेनेरेसनको उ "मुटुको ढुकढुकी" रे। प्रख्यात पप गायकलाइ भेटेर अटोग्राफ लिन चाहि नबिर्सिनु नि।" भन्दै बिबेकले बैनी सङ गाइनेको नम्बर सोध्न फोन गर्‍यो।

क्रमश:...

Last edited: 21-Nov-08 06:23 PM
Read Full Discussion Thread for this article