Posted by: Narayangarh suburb November 11, 2008
पल पल - तीम्रो यादमा
Login in to Rate this Post:     1       ?         Liked by
पल पल रोए, तीम्रो यादमा रोए
घरी आसु लुकाएर रोए, घरी मन फुटाएर रोए

सोच्दा सोच्दै बर्ष पनि बीत्यो
वार्षिकीमा पुन: रोएं
घरी आसु लुकाएर रोए, घरी मन फुटाएर रोए
तीम्रो खुशीमा जलेर हैन
आफ्नै भुल्को पस्चताप मा बलेर रोए

पल पल रोए, तीम्रो यादमा रोए
घरी आसु लुकाएर रोए, घरी मन फुटाएर रोए

बचन दिएको थिएं, निभाउन सकिन,
तिम्रो नजरबाट भागेर आएं
देख्दिन तिमीलाई, सुन्दिन तिम्रो कुरा भनेको थिएं
आज तीम्रो बिहेको खबर पाए
दु:ख त लुकेकै छैन, खुशीले पनि हैन
तर रोए
पल पल रोए, तीम्रो यादमा रोए
घरी आसु लुकाएर रोए, घरी मन फुटाएर रोए

............Since September 13, 2007


Last edited: 11-Nov-08 08:07 PM
Last edited: 11-Nov-08 08:09 PM
Read Full Discussion Thread for this article