"षड्यन्त्र"
अन्तिम भाग।
मुकन्द श्यामले मुकुन्द श्यामलाई लेखेको मेल ले सिर्जनाको नाममा इमेल गर्ने सिरिजना एकै हुन्। दुबै छद्मभेषि मेल को पहिचानमा एक मात्र अक्षर चलाखिपूर्ण ढंगले परिवर्तन गरिनु एकै खुराफाती दिमागको उपज हो भन्ने लाग्यो नै। साथै उक्त ब्यक्ती संग सिर्जना र मुकुन्दश्याम दुबै को निजी मेल सम्म निर्बाध पहुंच थियो। दुबैको बारेमा येथेष्ट जानकारी थियो। संभावनाको सुइ अब सिर्जना र मुकुन्द श्यामको साझा शत्रु तिर् देखियो नै। को होला त ? यही यक्ष प्रश्न को उत्तर कसै सित छैन। अनुमानहरुको अथाह सागरमा धेरै बुलबुल हरु देखिए र बिलाए।
समय बित्दै गतो। सिर्जना अध्ययनको लागि जाने दिन पनि आए। बिदा स्विक्रित भए।
जाने दिन भन्दा केही दिन अगाडि शायद शुक्रबार थियो क्या रे, सिर्जना र उनको पतिदेब बिभाग आएका थिए, शायद सबै हाकिम साहेब एवं सहकर्मिहरु संग बिदावारी गर्न आएका होलन्।
हाम्रो कोठामा सवारी नहुने कुरै थिएन। काम् हुने नहुने जो सुकै पनि एकछिन आराम गर्ने थलो ( शायद एक मात्र वातानुकुलित कक्ष भएर हो कि ?हाम्रो कक्ष।
सिर्जना दम्पति पनि अपबाद रहेन। सबै संग बिदा मागिन्। तर मुकुन्द श्यामलाई सराप्न भने छोडिनन्। अझै बिष बाकी , अझै रीस बाकी देखियो।
"राहुलदाई भरे फुर्सद छ तपाईंको?"
फुर्सद ? किन होला? ( खान बोलाउन लाग्या होला, भोको मन ले अन्दाज गरि हाल्यो।)
"यसो संगै बसेर् गफ सफ गरौं भनेर" पतिदेब श्यामक्रिष्णजी ले थप्नु भयो।
तपाईंहरुले बोलाउने अनि राहुलभाइ न आउने , यो हुनै सक्दैन। ( यो षडयन्त्रको चुरो सम्म पुग्ने अन्तिम अबसर हुन सक्दछ, नछोड मौका, नछोड। मन भित्र जुलुस् करायो।)
"भरे साढे ६ बजे एलिनाज् बेकरी मा हामी तपाईलाई कुरि राख्या हुन्छौ। बानेश्वर चोक को एलिनाज"
हुन्छ, म टाइम मै आउला।
शुक्रबार ३ बजे नै छुट्टी, घर गएं।
साँझ ६ बजे तिर तयार भएं मलाई भात पकाउन पर्दैन बाहिर खान बोलाको छ भन्दै सरकारी मोटरसाइकल पुछपाछ गर्न तल झरें। साढे ६ को ठिक समयमा एलिनाज पुगें।
अझै सिर्जना दम्पती आइनसके रहेछ। एक छिन को प्रतिक्षा पछि झुल्किए।
एलिनाजको पछाडि तिरको बगैचाको एउटा टेबिलमा बस्यौं। अरुलाई पनि निम्ता छ कि जस्तो लाग्याथियो तर ७ बजिसक्दा पनि अरु कोइ पनि नआएकोले लाग्यो, मलाई मात्र बोलाएको रहेछ। औपचारिक कुराकानीबाट गफ् को सुरुवाट भयो।
युरोपको जीवनशैली देखि पढाइ को प्रेसरको कुरा सम्म यावत बिषयमा कुराकानी भयो।
"झन्डै जान नपाएको, त्यो मुकुन्द श्यामले गर्दा।" सिर्जनाले असली मुद्दाको सुरुवात गरिन्।
"हेर्दा कस्तो सोझो त्यो मुकुन्दे, महा जाली रहेछ है दाइ?" श्यामक्रिष्णले थपे।
मुकुन्द श्यामले नै यो सब गरेको होला र ? मैले अज्ञानताको नाटक पोखें।
"त्यो बाहेक अरु हुनै सक्दैन। उसलाई जान नदिएर आफु जाने षडयन्त्र हो। नराम्रो संग झट्का खाए। अब कतै पढ्न पाउदैन त्यसले। पापको फल पाइहाल्यो, चोर् मुकुन्देले।"
श्यामक्रिष्णको मुखराबिन्दमा अनौठो आक्रोश देखियो।
एक प्लेट भेज पकौदा, एक प्लेट चिकेन चिल्ली, एक प्लेट फिङ्गरचिप्स् आइपुग्यो।
"बियर मगाउने कि दाई, हामी त पिउन्नौ?"
"अहं, ब्लड प्रेशरको रोगीले बिष पिउन मिल्दैन। कोक सम्म हुन्छ।"
आठ बज्यो, साढे आठ बज्यो। टेबल मा ३ प्लेट बाहेक अरु प्लेट थपिएन। थपिने छाँट नि देखिएन।
"अब जानु पर्ला, जमाना खराब छ। टाइम मै घर पुग्नु छ।" मैले लम्बिदै गरेको कुराकानी अनि रित्तिदै गरेको प्लेटलाई समापन गर्ने जमर्को गरें।
"धन्यबाद दाई, दाईको सहयोगले आज पढ्न जादै छु। हाम्रो निम्तोलाई स्विकारेर यहाँ सम्म आइदिनु भयो। धन्यबाद।"
"मलाई आफ्नो सम्झेर बोलाउनु भयो, यो भन्दा बढि के चाहियो। राम्रो संग जानु, पढ्नु, सबैको इज्जत राख्नु।"
मैले पनि सरर आफ्नो भागको मन्तब्य ब्यक्त गरि दिएं।
एलिनाज बाट निस्किने क्रममा सिर्जना एक छिन रेस्ट रुप तिर् लागिन्। मौका कुरेर बसेको श्यामक्रिष्ण महोदयले चौका हानी हाले।
"त्यो मुकुन्दे ले युनिभर्सिटीमा मैले नै गरेको भनेर अझै सम्म स्विकारेन, साले ले।"
"म आफै पठाइ दिउं कि क्या हो ?"
"तपाईले? कसरी? " मैले आश्चर्यचकित भावमा सोधें?
"म कसैको पनि इमेल ह्याक गर्न सक्छु ।" घमण्ड संगसंगै धोति फुस्कियो।
"म मुकुन्देको इमेल ह्याक गरेर पठाइ दिन्छु।"
"श्यामक्रिष्ण जी, जति भयो अति भयो। अब यो अपराध चाहिं नगरम् है। म हिंडे।"
कुन बेला घर् पुगें , पत्तो भएन। श्यामक्रिष्णको " ह्याक" शब्दले घाँटि प्याकप्याक भैराखेको थियो भने पेट पनि आधा खालि थियो नै।
घर पुग्ने बित्तिकै आमालाई भात बाकी छ भनि सोधें।
"अघि पार्टीमा जान्छु भन्थ्यो नि के भयो? भात र दाल मात्र छ, तरकारी छैन, आफै तताएर खाउ।"
भात र दाल मात्र पनि मिठो मानेर खाएं। पहेंलो दाल संग संगै कालो दाल नि देखें। "दाल मे कुछ काला है" भन्थ्यो आज कालो दाल नै भेटेर आएं।
अस्तु!!!!