सुचना
नाता प्रमाणित गर्नु पर्ने बारे
चौतारी मा धेरै मान्छे को धेरै मान्छे सँग नाता परेको सर्वबिदितै छ। एसरी नाता परेको ले को कस्को नाती कस्को हजुरबा पर्ने भनेर छुट्याउन गाह्रो परेको कुरा लाई ध्यान मा राखी आजकै मिती देखी एस चौतारी नाता प्रामाणित बिभागमा दर्ता गरी नाता प्रमाणित गरेपछी मात्र कुनै ब्यक्ती बिशेष लाई दाई भाउजु हरुर्बा काका भनी सम्बोधन गर्न पाउने छ अन्यथा कडा भन्दा कडा कारवाही गर्ने कुरा पनि एही सुचना मार्फत सबैलाई जानकारी गराउन चाहन्छौ। नाता प्रमाणित गर्न $५० को फारम भर्नु पर्ने छ। फारममा चौतारी रस्रङ बिभाग को छाप लगाइ बुझाउनु पर्ने छ। रस्रङ बिभाग को छाप को लागि $१५० शुल्क तिर्नु पर्ने हुन्छ। धन्यवाद।
लहरे कान्त लाकौल
प्रमुख
चौतारी नाता प्रमाणित बिभाग