Posted by: Geology Tiger November 2, 2008
नेपाल सम्बत हाइ हाइ .......
Login in to Rate this Post:     0       ?        

चना दाई, (अब राहुलदाइको पनि दाई भने पछी मेरो पनि दाई)

मैले आफ्नो लेखाइको सुरुवात म जातभात मान्दिन भन्ने कुरो उठाएर गरेको थिए तर कुरो कस्तो उल्टो भयो भने मैले नेपाल सम्बतलाई सिधै जातसँग लगेर जोड्न खोजिएको जस्तो बुझियो जुन मेरो लेखाइको आशय होइन। मेरो लेखाइमै केही त्रुटी भएर हो कि? हुनत आफ्नो जातिय पहिचान सबैलाई प्यारो हुन्छ र हुन पनि पर्छ, आफ्नो परिवार, आफ्नो समाज, आफ्नो भाषा र त्यो भन्दा अझ माथि गएर आफ्नो देशप्रतिको लगाव, यो सब चाहिन्छ। एउटा नेवारले म नेवार हुँ भनेर, एउटा बाहुनले म बाहुन हुँ भनेर र एउटा मगरले म मगर हुँ भनेर भन्न पाउनु पर्छ। हामीलाई नचाहिएको कुरा भनेको जतियतामाथीको बिभेद मात्र हो। नत्र भने त हामीसबैले हामी नेपाली भनेर आफ्नो जातिय पहिचान कसरी बनाउन सक्छौ? चना दाईले यो थ्रेड सुरु गरेपछी धेरै साथीहरुको धेरै थरी बिचारहरु ब्यक्त भईरहेका छन्। कती बिचारहरु विश्लेशणपूर्ण पनि छन् भने कती चाँही आबेसपूर्ण छन्। चना दाईले भने जस्तै सम्बत समयकै मापो हो, तर अहिले नेपाल सम्बतको अवस्था भनेको पूर्ण रुपमा अथवा दैनिक समयको मापन गर्ने भन्दा हाम्रो चाडपर्ब र साँस्कृतिसँग बढी सम्बन्धित भईरहेको नै हो। त्यसकारण अहिलेनै यसलाई साँस्कृतिसँग अलग गरिदिने हो भने यस्को अस्तित्वनै खतरामा पर्न सक्छ। साथै म दाईको नेपालमा रहेको सबै चाडपर्ब यही सम्बतमा आधारीत छन् भन्ने कुरामा असहमत छु, हाम्रा सबै चाडपर्ब lunisolar क्यालेन्डरमा आधारित छन् र यो सम्बत पनि lunisolar क्यालेन्डरकै एउटा रुप हो। हाम्रा कतिपय चाडपर्बको प्रचलन यो सम्बत सुरु हुनु भन्दा धेरै अघिदेखी नै थियो।
 
मैले नेताहरुलाई त्यतिक्कै गाली गरेको छैन चना दाजु, वास्तवमा तिनिहरुले हामीलाई मुर्खै बनाउछन्। कुनै सोचबिचर कुनै योजना बिना नै भनी दिन्छन ल अब यो गर्ने, त्यो गर्ने। गिरिजा बाबुले भन्दिए ल अब नेपाल सम्बत्लाई सरकारी कामकाजमा प्रयोग गर्ने, तर कसरी गर्ने? के गर्ने? केही थाहा छैन, खाली प्रयोग गर्ने; अहिले फेरी हाम्रा माओवादी सरकारले भन्दियो यसलाई कामकाजमा ल्याउने। हाम्रो नेताहरुलाई कुनै कुरा सार्वजनिक रुपमा बोल्नु भन्दा अगाडि त्यस्को बारेमा गम्भिर सोच, खोज र बिचार  गर्नु जरुरी लाग्दैन। किनभने उनिहरु आफुले बोलेको कुरामा कहिले पनि जवाफदेही हुन पर्दैन, बोल्नको लागि पैसा पर्दैन जे बोल्दिए पनि हुन्छ। खासमा हामीसँग कुनै कुराको योजना हुँदैन, मुखले भन्यो त्यती भए पुग्यो। चना दाई हजुरले नेपाल सम्बतलाई सरकारले राष्ट्रिय सम्बत बनाएको र यसलाई कामकाजको लागि प्रयोगमा ल्याउने घोषणा गरेकोमा खुसी मनाउन मलाई यो कसरी व्यबहारमा लागु गरिन्छ भन्ने स्पष्टिकरण दीइरहनु पर्दैन र यस आन्दोलनमा लग्ने धेरैको एउटा प्रयास सफल भएकोमा खुशी मनाउन कसैले पनि रोक्न सक्दैन, तर यो घोषणा गर्ने सरकारले भने अबस्य पनि यस्को स्पस्टिकरण दिनु पर्छ। ठीक छ एकक्षणलाई यो सर्बसाधारणको चासोको बिषय नहुन सक्छ, तर यो घोषणा गर्नु भन्दा अगाडि यस्लाई व्याबहारिक रुपमै लागु गर्न के कस्तो सुधार गर्नु पर्छ या अहिले चली रहेको बिक्रम सम्बतलाई कसरी बिस्थापित गर्ने भन्ने बिषयमा सरकारले कतिजना बिशेषज्ञहरुसँग परामर्स गर्‍यो र नगरेको भए कहिले गराउछ? खाली जुलुस र र्‍यली गर्दैमा नेपाल सम्बत लागु हुँदैन। यस्को लागि गम्भिर गृहकार्य आबश्यक छ। के नेपाल सम्बतको प्रयोग राहुलदाईले भन्नु भए जस्तै व्याबहारिक रुपमै सम्भब छ त? होइन यसमा सुधार गर्नु पर्छ भने के कस्तो सुधार गर्नु पर्ने हो? यि सबै कुराहरुमा काम गर्नु पर्ने हुन्छ, खाली मुखले बोलेर केही हुनेवाला छैन।
 
नेपाल सम्बतलाई ब्यबहारिक रुपमा प्रयोग गर्न मुलत: दुइ वटा समस्या छन। पहिलो यो lunisolar क्यालेन्डर मा आधारीत छ। lunisolar क्यालेन्डरको हरेक बर्ष solar क्यालेन्डरको बर्ष भन्दा ११ दिनले कम हुन्छ र यो कमिलाई प्रत्येक साँढे दुई बर्षमा अधिक मास वा क्षय मासको ब्यबस्थाद्वारा समायोजन गरिन्छ। तर यस्तो असमान दिन सङ्ख्या भएको क्यालेन्डर समयको मापोको लागिनै प्रयोग गर्नु वास्तवमै अबैज्ञानीक हुन्छ। अब यो समस्यालाई कसरी सलटाउने भन्ने कुरा सरकारका निर्णयकर्ताहरु र जानिफकारहरुले सुझाउनु पर्छ। हुनत चना दाईको चेतावनी छ, राम्रोसँग नबुझी नलेख्न, तर पनि मेरो सानो दिमागले बुझेको सानो कुरा यदी नेपाल सम्बतलाई single cycle क्यालेन्डर बाट double cycle क्यालेन्डर बनाउन सकियो भने शायद यो समस्याको समाधान हुन्छ कि? double cycle बनायो भने तिथी, चाड पर्ब सब lunisolar क्यालेन्डर को हिसाबले गनणा हुन्छ भने बर्षको हिसाब चाँही solar क्यालेन्डरबाट हुन्छ। शायद यसो गरियो भने यो ISO क्यालेन्डरसँग compatible हुन्छ होला। अर्को जटिल्ता भनेको बिक्रम सम्बत, इस्वी सम्बत र नेपाल सम्बत बिचको रुपान्तरन नै हो। झट्ट हेर्दा यो समस्या कुनै ठुलो समस्या होइन जस्तो लाग्छ तर यस्ले धेरैको नागरिकता, पासपोर्ट र प्रमाणपत्रहरुमा समस्या ल्याउने निश्चित छ। त्यसकारण नेपाल सरकारले यो सम्बत लागु गर्नु भन्दा पहिले यो रुपान्तरनको समस्या हटाउन जनशक्ती र साधनको ब्यबस्था गर्नु पर्ने आबस्यक छ। मैले भन्न खोजेको यदी नेपाल सम्बत लागु गर्न यती धेरै समस्या आउछ भने हामीले  संसारमै चलेको ISO क्यालेन्डर नै किन प्रयोग नगरने? 
       
नेपाल सम्बतको जगेर्ना गर्ने काममा निश्चित रुपमानै नेवार समुदायको भूमिका बढी देखिएको छ। तर यसो भन्दैमा नेपाल सम्बत नेवारहरुको मात्रै हो भन्नु भनेको नेपाली भाषालाई बाहुन क्षत्रिको भाषा भन्नु जस्तै हो, तेस्तै गरी नेपाल सम्बत राजाले लागु गरेकी प्रजाले भन्ने कुराले पनि खासै ठुलो फरक पार्दैन। नेपाल सम्बतको प्रचलन नेपालमै सुरु भएको हो र यस्लाई एउटा नेपालीले नै प्रयोगमा ल्याएका हुन जस्लाई हामीले राष्ट्रिय बिभूतिको रुपमा मान्छौ। यदी नेपाल सम्बतलाई व्याबहारिकरुपमै प्रयोग गर्न सकिन्छ भने हामीले बिक्रम सम्बतलाई नै बोकेर बस्नु पर्छ भन्ने केही छैन र यदी यो व्याबहारिक रुपमा सफल हुन सक्दैन भने यस्लाई जबर्दस्ती लागु गर्नु पर्ने आबस्यक्ता पनि केही छैन। Directx जि, हाम्रो सौर्यमण्डलमा भएका सारा ग्रह उपग्रह देखी आकाशगंगामा भएका तारामण्डल हाम्रो लागि उत्तिकै महत्वपूर्ण छन। यस्मा यो ठुलो र सानो भन्ने हुन्न। lunisolar क्यालेन्डर जस्तै solar क्यालेन्डर पनि उत्तिकै महत्वपूर्ण छ भन्ने कुरा म पनि मान्छु। सुर्य सिद्दान्तमा दियीएका बिधीहरुमा अहिले हामीले प्रयोग गर्ने त्रिकोणमितीय ज्यामितिको आधारहरु छन र यस्लाई साह्रैनै प्रभाबशाली सिद्दान्तको रुपमा मानिन्छ। 
 
तिका जि, म हिन्दी भाषाको जनिफकार त होइन तर हिन्दी भाषा पनि सम्पूर्ण भारतभरि रहेका मानिसहरुको मात्री भाषा हो जस्तो लाग्दैन। यो भाषा पनि उत्तर प्रदेश, दिल्ली र आसपासमा बस्ने बसिन्दाहरुले उर्दुबाट पारीमर्जित गरी प्रयोगमा ल्याएको जस्तो लाग्छ र अर्को कुरा कुनै जमनामा भारतलाई हिन्दूस्थान पनि भन्ने गरिन्थ्यो र यो भाषाको नामाकरण धेरै हद सम्म हिन्द शब्दसँग सम्बन्धित छ जस्तो लाग्छ। नेपालमा बोलिने सबै जातजातीको भाषा गैरनेपाली होइन । तर नेपाली भाषा भनेर बुझ्दा अहिले चलिरहेको नेपाली भाषालाईनै बुझिन्छ र तपाईंले माध्यम भाषाको रुपमा सबै भाषाहरुलाई प्रयोग गर्न पनि सक्नुहुन्न। माध्यम भाषा एउटै हुनु पर्छ। तर अरु भाषाहरुलाई पनि फस्टाउन मद्घत गर्ने, चलनचल्तिमा ल्याउने र जगेर्ना गर्ने काम गर्न पहलकदमी  सरकारले लिनु पर्छ। नेपाली भाषालाई माध्यम भाषाको रुपमा प्रयोग गर्न धेरै नेपालीहरुलाई आपत्ति हुन्छ भने बरु अङ्रेजी नै गरौ न। किन यो हिन्दिलाई हाम्रो माध्यम भाषाको रुपमा प्रयोग गर्नु पर्ने? नेपाली भाषा बोल्नेहरुसँग रिस फेर्न हिन्दी बोल्नु भनेको सौताको रिसले पोइको काखमा मुत्नु भनेको जस्तै हो।

Read Full Discussion Thread for this article