Posted by: Harka_Bahadur October 29, 2008
तिहारमय चौतारी ~१३२~
Login in to Rate this Post:     0       ?        

कस्तो मिलार गीत गाको अनी कती राम्रो नाच ।

आहै भाई नहुने आहै चेली र बेटी देउसिरे ।
आहै दाजु नहुने आहै छोरी र बेटी देउसिरे ।
आहै दैलाको छेउमा देउसिरे ।
आहै टुक्रुक्क बसी देउसिरे ।
आहै निधारैमा देउसिरे
आहै दुई हात राखी देउसिरे।
आहै आसु झारेर देउसिरे।
आहै बिलाप गरेर देउसिरे
आहै रुनैमा थालछन देउसिरे ।
आहै हत्तेमा हाल्छन देउसिरे।

आहै पर्देसी दाई भाई देउसिरे ।
आहै सम्झेर रुन्छन देउसिरे।
आहै रुदै भित्र देउसिरे।
आहै बाहिर गर्छन देउसिरे।
आहै बिस्मातै गर्छन देउसिरे।
आहै सुस्केरा फेर्छन देउसिरे।
आहै कसैले त देउसिरे
आहै धर्मको जो छ देउसिरे।
आहै दाजु र भाईको देउसिरे।
आहै मान्यता दियी देउसिरे ।
आहै दाजु बनाउछन देउसिरे ।
आहै भाई बनाउछन देउसिरे .
आहै टिका लगाउछन देउसिरे ।
आहै खुशी मनाउछन देउसिरे।
आहै धर्मको दाई देउसिरे ।
आहै धर्मको भाई देउसिरे।
आहै धर्मको दिदी देउसिरे।
आहै धर्मको बहिनी देउसिरे।
आहै कर्मको भन्दा देउसिरे।
आहै धर्मकै ठुलो देउसिरे।
आहै मान्यता दियी देउसिरे।
आहै मनमा लियी देउसिरे।
आहै दिदी र भाई देउसिरे।
आहै दाजु र बहिनी देउसिरे।
आहै खुशीले हास्छन देउसिरे।
आहै रमाइ बस्छन देउसिरे।
आहै छमछमी नाच्छन देउसिरे।
आहै लिङे पिङ खेल्छन देउसिरे।
 


 

 

 


 

Read Full Discussion Thread for this article