Posted by: Deep October 29, 2008
Lets bring back the lost writers
Login in to Rate this Post:     1       ?         Liked by

चोरले भन्न खोज्या अरुले लेख्या मेटायो भने त मेटानमा पर्या लेखाइको साहु भक् भक् उम्लेर अर्को शिर्षक आँफैले खोलेर अघी मेटाउनेलाई नडामी छोडदैन भन्या हो कि? मैले त्यस्तो पनि देख्या भएर अन्दाज गर्या हो। खास कुरा त चोरलाई नै थाहा छ।

म पनि पर्या र छु लेखकहरुको हुलाँ। म त पाठक हुँ। लेखक हैन। लेखकको दर्जा प्रति मेरो गहिरो सम्मान छ। माथि उल्लेखित धेरै ब्यक्तित्वहरुको लेखाइ मेरो भन्दा धेरै राम्रो छ। सिक्न पाएको छु मैले पनि। राम्रो लाग्छ। आफु विद्यार्थी भएकैमा खुसी छु म।  शिवरात्रीको हुलाँ तमासे पनि भिडको चेपाँ परेर पशपती तिर पुग्या जस्तो भो।

अब आउने जाने त भैरहन्छ नी। आफु जन्म्या ठाउँ, हुर्क्या गाउँ, बढ्या टोल, पढ्या बिद्यालय, पैलो चोटी मन हराको त्यो तरुनीको गल्ली त छुटे पछाडी -- बिर्सेंको त कहाँ छ र? तर यस्तै रे छ जिन्दगी।

साझा पनि शायद एउटा सबारी साधन जस्तै हो कि? कोही चढे पछी चढ्या चढेई, कोही यसो एक दुई राउण्ड चढे ओर्लिए। कोही ओर्लिए र फेरी चढे। कोही चढेनन। सबारी साधन खाली भा छैन। चढनेहरु चढेकै छन। ओर्लिने ओर्लिदै छन। तर एक चोटी चडेकाहरुले यात्रा भने बिर्सेंका छैनन होला जस्तो लाग्छ मलाई.

Read Full Discussion Thread for this article