Posted by: focusnepal October 25, 2008
म यो सहरकी सुखी आमा
Login in to Rate this Post:     1       ?         Liked by

October 25, 2008

म यो सहरकी सुखी आमा

Filed under: Uncategorized

दुई महिनाअघिसम्म खसी बजारमा घाँस पुर्‍याउने यी आमैको सरुवा भएको छ । ‘घाँसी आमै’ बाट अहिले यी माग्ने आमै भएकी छिन् । भद्रकाली मन्दिर परिसरलाई कर्मथलो बनाएकी छिन् यिनले । हुन त राजधानीमा माग्ने र घाँस काट्नेको कुनै कमी छैन । उनका भन्दा सयौंगुना दुःखका पहाड चढेका असंख्य मानिस भेटिन्छन् यहाँ । ८० कटेकी यी आमै उनीहरूभन्दा भिन्न यसकारण भइन्, उनी घाँस काट्दा पनि सुखी छिन्, माग्दा पनि सुखी । 
भद्रकाली मन्दिरमा मुसेली आमासँग भेट्दा उनी डबल गन्दै थिइन् । मैले प्रश्न गर्न नभ्याउँदै उनले उत्तर दिइन्, ‘भोलि घरबेटी भाडा लिन आउँदै छन् । भोलि १० गते होइन् ? त्यसैले पैसा पुर्‍याउँदैछु ।’ 
मुसेली आमासँगको मेरो चौथो भेट थियो । उनलाई यति धेरै नरम मैले पहिला पाएकी थिइन् । उनलाई मुसेली नामले कमैले चिन्छन् । ‘खसी बजारकी आमा’ उनको ‘ब्रान्ड नेम’ हो ।
खसी बजारका हरेक सदस्य उनको ‘हुङ्कार’सँग परिचित थिए । उनको छेउमा जानु र उनको विषयमा सोध्नु निकै साहसपूर्ण काम हुन्थ्यो । उनका छेउमा पर्ने हरेक अनजान मानिस उनका लागि लुटेरा थिए । त्यसैले त उनीसँग बोल्न चाहनेलाई आँसी -हँसिया) देखाएर तर्साउँथिइन् । अविश्वासको पनि बलियो कारण छ उनीसँग ।

(more…)

अरुका आँखाले आफु लाई हेर्न छाड्दा

Filed under: Uncategorized

 खगेन्द्र संग्रौला

दुई महिनाअघि बालुटावार दरबारतिर फर्केर एउटा कथा लेखूँ भन्ने लागेको थियो । उसो त कथाको शीर्षक फुरिसकेको पनि थियो- प्रधानमन्त्री कमरेड प्रचण्डको राजसी पलङ । तर मनको पाटीमा यो विद्रूप कथ्यले संरचनाको भनेजस्तो आकारै लिन सकेन । त्यसैले अहिले मनमा उकुसमुकुस भएको भाव यहाँ कोरा गद्यमा पोख्न बसेको छु । 
कथा माओवादी महलका प्रथम पुरुष कमरेड प्रचण्ड प्रधानमन्त्री भएपछिको हो । त्यो बेला सबैका आँखा उनमाथि थिए । अन्यायपूर्ण यथास्थितिमा आपुनो वैभव विलास र ठालुपनको सुरक्षा देख्नेहरु हुनुसम्म अताल्लिएका थिए । विद्रोहको आँधी बोकेर आएको प्रचण्डले बिताउने पो हो कि उता विाचत र परित्यक्तहरुका आँखामा भने आशाको मधुरो दीप बलेको थियो । कांग्रेस र एमालेले केही लछारेनन् । तै तै ुकि गरिछाड्यो कि मरिछाड्योु भनेर विद्रोहको आगो बाल्ने प्रचण्डले केही गर्लान् कि ? 
(more…)

Read Full Discussion Thread for this article