Posted by: chanaa_tarkaari October 24, 2008
नेपाल सम्बत हाइ हाइ .......
Login in to Rate this Post:     3       ?         Liked by

नेपालको विशिष्ट मौलिक इतिहासको जगमा उभिएको नेपाल सम्बतलाइ राष्ट्रीय सम्बतको मान्यता दिनु पर्ने आव्हान गर्दै अभियान सञ्चालन गरेको पुग नपुग २७ बर्ष भए छ । शुरुवातमा नेपाल सम्बतको नाउँ लिने बित्तिकै सार्वजनिक अपराध गरेको आरोपमा जेलमा पुग्ने स्थिति पनि बन्यो । बदख्वाइँ गर्न चाहने जत्थाले नेपाल सम्बतलाइ साम्प्रदायिक सम्बत, कुनै एक जातिको मात्र सम्बत, किंवदन्तिमा आधारीत सम्बत जस्ता अनेक फत्तुर आरोप लगाए । तर त्यसता छुद्र आरोपहरुले नेपालसम्बतको गरीमा घटेन र यो अभियान पनि सेलाएन । समयक्रममा नेपाल सम्बतका प्रणेता शंखधर साख्वा:लाइ राष्ट्रीय विभुतिको मान्यता दिएर सरकारले नेपालसम्बत प्रति सम्मान जनायो । हालै  मन्त्रिपरिषदको बैठकबाट नेपाल सरकारले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दिएको छ। यसलाइ ब्यबहारमा लागू गर्न एउटा उच्चस्तरीय कार्यदल पनि गठन गरेको छ । यो निर्णय संभवत माओबादी नेतृत्त्वमा गठीत संयुक्त सरकारको अत्यन्त सकारात्मक र जनभावना मुखरीत गर्ने निर्णय हो । बिगत लामो समय देखि नेपाल सम्बतको पक्षमा आफुलाइ उभ्याउँदै आएको हुँदा म यो निर्णयको स्वागत गर्छु ।

 

नेपाल सम्बत हाइ हाइ ..........

 

र, नेपाल सम्बतको पक्षमा आफुलाइ उभ्याउने तथा यो अभियानमा साथ दिने सबैलाइ बधाइ तथा शुभकामना पनि दिन चाहन्छु ।

Read Full Discussion Thread for this article