Posted by: AwaTar October 22, 2008
king mahendra
Login in to Rate this Post:     0       ?        
One example of Royals sucking the poorest people's money!!

http://kantipuronline.com/kolnepalinews.php?&nid=164418

 बिजुली महसुल तिर्न ८ करोड: पर्ूवराजपरिवारलाई म्याद

विकास थापा

काठमाडौं, कार्तिक ६ - विद्युत् प्रँधिकरणले पर्ूवराजा ज्ञानेन्द्र र परिवारले बिजुली बक्यौता १५ दिनभित्र नतिरे उनका विभिन्न दरबार र निवासका लाइन काट्ने भएको

छ । पर्ूवराजा, राजपरिवारका सदस्यहरूको दरबार, बंगला र निवासका नाममा प्राधिकरणको विद्युत् महसुल बक्यौता ७ करोड ७७ लाख रुपैया“ छ । यो रकममा १ करोड २५ लाख रुपैया“ जरिवाना छ ।

स्रँेतका अनुसार विद्युत् लाइन काट्ने निर्ण्र्ााकार्यान्वयनका लागि वितरण तथा ग्राहक सेवाअर्न्तर्गतका विभिन्न वितरण केन्द्र र निकायहरूलाई निर्देशन दिइएको छ ।

प्रँधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले यही कात्तिक १ गते दरबारको बक्यौता उठाउन र प्राप्त नभए लाइन काट्ने निर्ण्र्ाागरेका हुन् । जनआन्दोलन २०६२/६३ पछि प्रँधिकरणलाई दरबारको बक्यौता उठाउन दबाब परेको थियो ।

त्यतिखेर उसले 'तत्कालीन सात राजनीतिक दलको सहमति भएमा मात्र लाइन काट्ने' जनाउ“दै आएको थियो । गत जेठ १५ गते गणतन्त्र घोषणा हुनुअघि प्रँधिकरणले बक्यौता उठाउनका लागि पत्राचार गर्दै आएको थियो । प्रँधिकरणको पत्रलाई दरबारले वास्ता गरेको थिएन ।

कार्कीको दर्ुइबु“दे निर्ण्र्ााा '१५ दिनभित्र सूचना जारी गरी असुलउपर गर्ने र रकम प्राप्त नभएमा लाइन काट्ने' र 'पन्धै्र दिनभित्र दरबारमा रहेका जेनेरेटर फिर्ता गर्ने' उल्लेख छ । प्रँधिकरणले बिजुली आपर्ूर्ति बन्द भएका बखत नियमित विकल्पस्वरूप दरबारहरूमा डिजेलबाट सञ्चालन हुने जेनेरेटरको व्यवस्था गरेको थियो । प्रँधिकरणले दरबारहरूमा चौबीसै घन्टा बिजुली आपर्ूर्ति गर्दै आएको छ । ठूला 'ग्राहक' अर्न्तर्गत पर्ने दरबारको लाइन काट्ने निर्ण्र्ाागरेको पहिलोपटक हो । ज्ञानेन्द्र र उनका परिवारका नाममा २२ दरबार छन् । राष्ट्रियकरण नभएका दरबारको हकमा सरकारबाट असुल गर्ने योजना छ ।

प्रँधिकरणले पर्र्ूवर्अधिराज- कुमारीहरू शोभा, दिलासा, शीताष्मा, हेलेन, भारती, पूजा, ज्योत्स्नादेवी बस्नेत, पर्ूवजिजुमुमार् इश्वरी राज्यलक्ष्मीलाई छिट्टै महसुल तिर्न पत्राचार गर्न लागेको छ ।

अधिराजकुमारीबाहेक दरबारअर्न्तर्गतका पुरानो जा“चबुझ केन्द्र, खर्च विभाग, हनुमानढोका हेरचार अड्डा, नागार्जुन शाही वन, कम्पट्रोलर विभाग, पर्ूवनागार्जुन दरबार, छाउनी बंगला, निर्मल निवास, नारायणहिटी खर्च अड्डा, हिमागृह पोखरा, पोखराकै रत्न मन्दिर, भरतपुरको दियालो बंगला, रानी दरबार हेटौंडालाई पनि पैसा नतिरे लाइन काट्ने चेतावनी दिने भएको छ । गणतन्त्र घोषणा हुनुअघिसम्म दरबारको विद्युत् महसुल सबै अर्थ मन्त्रालय अर्न्तर्गतको कोसीतोषाखानाले तिर्दै आएको थियो ।

Posted on: 2008-10-22 19:53:27

          

Read Full Discussion Thread for this article