Posted by: Rahuldai October 21, 2008
Login in to Rate this Post:
0
?
बिपना नभै बाँची दिने म भित्रक सपना
म मरे पनि रही दिने मेरा प्यारा प्यारा सपना
आशु सितै पग्ली झर्ने,
हाँसी भित्रै खेली रहने,
प्रीत न पाइ रोजी हिंड्ने ती अधुरा मेरा सपना।
भावना मा अल्झी रहने
कल्पनामा बल्झी रहने
जीवन नपाई खोजी हिंड्ने ती पुराना मेरा सपना।