दीप प्रभो,
>कथाकारको फाँट हो, गोरु उनैका, हलो उनैको जसरी मन
>लाग्यो जोते। आफु त रमिते परीयो।
म पनि आफुले भनेको डोबमा जोताउन खोजेको भनी बात लाग्ला भनेर यसो पनि भनेको थिएँ है ।
>खास गरेर कमलको सानो संजोगबाट ब्युँझिन पुगेको चमेलीको
>अस्मिता र जिजिविषा त्यतिकै तुहिन्छन् कि तीनले मार्गको
>खोज, चिन्तन गर्नेछन् भन्ने कथा-जिज्ञासा छ मलाई ।
>मैले कथालाई नै प्रभाव पार्न खोज्या होईन है । लेखकको
>आफ्नो काल्पनिक यथार्थ जे छ/बुँनिदैछ त्यही आओस् ।
जे भए पनि सर्जकको रचना-हक भएजस्तै रमितेको पनि टिप्पणी-हक हुन्छ भन्ने ऐंचोपैंचो लगाएर यति चाही भन्न पाम्छु - कथान्त all too familiar भो । त्यसो पनि नभनम् । आत्मगौरव वा आत्मसन्तुष्टी नपाईने कुनैपनि पेशा बाध्यतावश गरिरहेको मान्छेले सामान्यतया के ईच्छा/सपना पालिरहेको हुन्छ भने कुनै दिन जब उसंग पुग्दो पैसो हुनेछ उसले त्यो पेशा छाडेर कुनै सामान्य वा कम्तीमा आत्मग्लानी नहुने पेशा/जीवन अपनाउने छ । यहाँ त त्यति पनि छैन ।
Ummm… कतै त्यो नै यस कथाको सार र सन्देश पो हो कि ?
जेसुकै होस् यो रमितेलाई छटपटी भने भा छ है ।
Nepe