Posted by: Deep October 21, 2008
बेश्याको डायरी
Login in to Rate this Post:     0       ?        

प्रस्तुती पढीयो। धेरै पछि आएको छोटो अन्तिम भागले घोषणा गरेको "समाप्त" शब्दलाई केही निमेषको लागि हेरीयो अनि समाप्त पछि चमेलीको जिन्दगी फेरी क्रमश: मा गएको देखियो।

"चमेलीको अस्मिताचिन्तन एउटा संक्षिप्त कोल्टेफेराई पछि पूर्वावस्थामै सुत्‍न फर्केछ ।"

नेपे प्रभो, मुख्य पात्रले तेजोबध भएको अनुभव गरेको उनको अस्मिता बाध्यताको जिजिविषा ओछ्यानमा फर्कनु मलाई नौलो त लागेन। कथाकारको फाँट हो, गोरु उनैका, हलो उनैको जसरी मन लाग्यो जोते। आफु त रमिते परीयो।

अरु प्रस्तुतीहरु पनि पढ्न पाईयोस, नक्कली केटी।

Read Full Discussion Thread for this article