Posted by: Rahuldai October 20, 2008
!! षड्यन्त्र! !!
Login in to Rate this Post:     2       ?         Liked by

!!!!!!!!!!!!!!षड्यन्त्र!!!!!!!!

" सिर्जना " को बिषयमा भन्नु पर्दा हाम्रो देशकी धेरै थोरै महिला इन्जिनियर मध्येकी एक हुन। मैले काम गर्ने अड्डामा जम्मा जम्मी ३ महिला इन्जिनियर्हरु मध्ये सबै भन्दा जुनियर्। उनी मेरै स्कूल कि जुनियर मात्र थिइनन्, त्यो ब्याचकि टपर् पनि थिइ। अझ भन्नु पर्दा उनकी दिदी स्म्रिति मेरो सहपाठि। त्यही भएर धेरै थोर् जानकारी थियो म मा सिर्जनाको बारेमा।

एक्लि आमा त्यो पनि  मामा घरमा दुखले हुर्केकी दुइ दिदी बहिनी।किन कसरि सिङ्गल मदरको पर्बरिशमा परिन् सरोकारको बिषय थिएन।  दिदी भन्दा बहिनी पढाइमा अब्बल।२२-२३ बर्षकी हुंदा दिदी स्म्रितिले जिउदै जलाइन्, म्रित्यु पनि कुरिनन्। कारण थाहा भएन। थाहा पाउने चेष्टा पनि गरिन।
मानसिक पीडा र अनमेल परिबेश बीच पनि सिर्जनाको यात्रा जारि थियो। एस् एल् सी मा स्कूल कै सर्बोच्च अंक। आइ एस्सि हो कि इन्जिनियरिङ् डिप्लोमा गरिन् त्यो पनि थाहा भएन तर इन्जिनियरिङ् मा महिलाहरु मध्ये सर्बोच्च अंक ल्याइन्। लोक सेवा पनि पास् गरिन्।
संभवत स्कूलको नाताले होला कहिले काहिं बिभागमा काम् बिषेशले आउदा मलाई हाइ हेल्लो भन्ने औपचारिकता चाहि निभाउने गर्थी। महिला इन्जिनियर भएकोले काठ्माडौ,  भक्तपुर, ललितपुर वा बिभाग वा अन्य केन्द्रिय कार्यालय मै पोस्टिङ् हुने गर्थ्यो। ललितपुरबाट् बिभागमा सरुवा हुंदा उनी मेरो ठाउमा सरुवा भएर आइन।

हाम्रो परिचय र सम्बन्ध को बिस्त्रित बर्णन यति नै थियो।

१० बर्ष काम गरे-नगरे पछि उच्च अध्ययनको सनक चढ्यो म मा। फर्म सर्म भरें। युरोपिय मुलुकमा मास्टर्स् गर्ने मौका मिल्यो। गएं। पढें- पढे जस्तो गरें। सफलतापूर्बक डिग्री लिएर स्वदेश फर्कें। फेरि बिभाग मै पोस्टिङ् मिलाएं।


त्यतिन्जेल मेरो युरोप यात्राले धेरै को घैंटामा घाम लागिसकेको रहेछ। राहुले ले त चान्स् पायो हामीले किन न पाउने? सबैले आफुलाई तीसमार् खाँ, चालिसमार् खाँ सम्झने गर्थे। आफु बाहेक सबै जना फुच्चे लाग्ने राष्ट्रिय गुण जाग्नु स्वाभाबिक थियो र राम्रो नै लाग्यो। धेरै ले फारम भरे। म फर्केको साल सबैले आराम् गरे अर्थात कसैको पनि कुनै पनि मुलुकबाट् बोलावट आएन।
अर्को साल नयाँ घाम झुल्क्यो। एक एक जना गरी कसरि फारम भर्ने, कसरी फेलोशिप हातपार्ने इलाहाबादी बिद्या सिक्न आउन थाले।  त्यो साल मात्र १०-१२ जनाले हिम्मत गरे, आराम संग फारम भरे। निबन्धहरु लेख्नु पर्थ्यो। त्यसको नक्कल मात्र होइन सक्कल पनि दिएं, गरी खा भन्दै।
म संग मुफ्त बिद्या माग्ने ६-७ जना थिए। तिनमा सिर्जना र मुकुन्द श्याम पनि थिए।

कन्फर्मेशन को समय आयो। सिर्जना सेलेक्ट भइन रे, मुकुन्द श्यामले खबर ल्यायो। आफु चाहि बैकल्पिक एक नम्बर् रे। कत्ति को चान्स छ दाइ भनेर सोध्न आएका थिए, मुकुन्द श्याम। "बैकल्पिक १ नम्बर् होस् या १०० नम्बर्, मुख्य उम्मेदबार् ले छोडे पाउने हो क्या रे। सिर्जनाले के छोड्थी। अर्को साल ट्राइ मार भन्ने सल्लाह दिएं, मुफ्त मै।"


 
सेप्टेम्बरको दोस्रो हफ्ता सेशन सुरु हुने गर्थ्यो ति बिश्वबिद्यालयमा।जुलाइ को अन्तमा हो कि अगष्टको सुरु मा मुकुन्द श्याम हस्याङ फस्याङ गर्दै आयो मेरो कोठामा।
"दाइ ! मेरो नि कन्फर्मेशन आयो। अब के के गर्नु पर्छ? "


कसरी आयो? सिर्जनाले छोडी त त्यो सीट?
म छक्क परें।


त्यसै होला दाई, थाहा भएन।

जे होस् राम्रो नै भयो। मुकुन्द श्याम पनि जेहेन्दार, मेहनति र इमान्दार् इन्जिनियर मात्र थिएनन्, साह्रै नै सोझो र निष्कपट स्वभावका थिए।
आसेप्टेन्स लेटर् भरेर पठाए। उताबाट भिसा सम्बन्धि कागजात आउने प्रतिक्षामा थिए।
त्यसको केही दिन मै बिभाग भरि हल्ला फैलियो। एक् जना जानु पर्ने ठाउँमा अर्कैले ट्याण्टर्म्यान्टर् गरी जान लागेको र ठुलो षड्यन्त्रको पर्दाफास् भएको रे।
मुकन्द श्याम को चर्तिकला बारे ब्यापक टिकाटिप्पणि चल्यो। मलाई भने पटक्कै बिश्वास लागेन। मैले चिनेको मुकुनद श्याम् त्यस्तो ब्यक्ती हुंदै होइन। तै पनि के भरोसा, मान्छेको मन न हो, सम्हाल्न सकेन भने मानव पनि दानव हुन सक्छ।

मन को खुल्दुली मेटाउन अनुसन्धान गर्नै पर्ने भो। कहिं न कहिं षडयन्त्र भाको छ। तर को बाट कसरि भयो? खोज्न तिर लागें।

 

क्रमश:

Read Full Discussion Thread for this article