लोल
श्रीमद्ब-बिर्खेद्गीता
(पुन्टेन्द्र कर्मयोग-)
बिर्खेन्द्र उवाच-
नयाँखर्कक्षेत्रे: जुवाक्षेत्रे सम्मतालु टुटुल्कत:।
टनकटनक कन्चटग्लानी किंमकुर्वत पुन्टेन्द्र॥
हे पूरुष! जसरी नरकहरुको पनि नरक,कुम्भिपाकहरुको पनि कुम्भिपाक,रौद्रक्षेत्रहरुको पनि रौद्रक्षेत्र, विभत्सपूरहरुको पनि बिभत्सपूरको यात्रामा जान, यि पूरहरुमा बास बस्न फलफुलादी सेवन गर्न औ धनधान्यादी खर्च गरि सोमरसमा लिन हुन औ जुवा पासा इत्यादीको छल कटपटमा होमिन औ उर्वशी रम्भा तिलोत्मादी अप्सराहरुको चच्छुपान गरि नेत्रसुख लिन स्वयँ इन्द्रादी देवताहरु समेतले बाधा अड्चन देखेका छन्, कुनै पुरुषले यस कालखन्डको कलिमा यदि नयाँखर्क नामक विभत्सपूरमा बास बसि धनधान्यादी खर्चगरि विलासितामा लिन हुन्छ भने सो पूरुष पिबिबिबि नामक महारोगबाट ग्रसित होस्!
हे अग्निभन्दा तापमान, प्रकाश भन्दा तेज सात्विक पूरुष!तेरो ताप र तेरो गतिले सम्पूर्ण ब्रम्हान्डलाई सिंचिन सकेस्। परन्तु, हे महारोगले ग्रस्त पूरुष विभत्सपूरमा रसरंगमा लिनपूरुष्! टनकटनक कन्चटग्ला्नीले ग्रस्त पूरुष्!स्वयं बिर्खेन्द्रको महावाणिबाट देखाइएको सांसारिक मोहको मायामा परि वानप्रस्थको उमेरमा पनि राजसि र तामसी मात्र नभएर दानवी लिलामा उन्मुक्त पूरुष!यो उन्मुकतता त्यागेर बिर्खेन्द्रको महावाणि को पथिक नबनेमा, यसलोकमा कन्चटग्लानीले ग्रस्तभई परलोकमा दानवादी आत्माहरुले, जसरी विभत्सपूरमा विभिन्न मरमसलासहितको तलुवा र भुटुवा सेवनसंगै सोमरसादी पान गरेको थिइस् त्यसैगरि दानवादी आत्माहरुले तेरो शरिर विभिन्न तेलादी द्रवहरुमा तलुवा बनाइ पान गर्नेछन्। हे पानी भन्दा तरल पूरुष! बिर्खेन्द्रको वाणि नै सत्य हो र यहि वाणि नै शास्वत हो यसमा संदेह नगरेस!