Posted by: shirish October 20, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

रङ्गाएछौ, पछ्यौरीहरु छानी छानी !
अल्झाउन, मेरो बुटामा जानी जानी !


ठीकै भयो, तिम्रो काईयो हराएर
कोर्नु केस, मेरा औंला नै तानी तानी !

सुनका छन्, हथकडी र दील तिम्रा
दङ्ग छु म, स्वेच्छाले कैदी मानी मानी !

तिमी उता, छुट्टै म यता, जलि रह्यौं
भेट्ने तय, भए ठाउँमा पानी पानी ! 

तिम्रो घर, नाघेर जाने ईच्छा जागे
सख्त पार्छु, आफ्नै घुंडामा हानी हानी !

Last edited: 20-Oct-08 09:39 AM
Read Full Discussion Thread for this article