Posted by: nakkali keti October 17, 2008
Login in to Rate this Post:
0
?
कथालाई दोबटो मै छोडेर धेरै दिन हराएकोमा सबैसँग माफि चाहन्छु। कथा बिर्सिसक्नु पो भयो कि? बिर्सिनु भयो भने कृपया एक चोटि फेरी झर्को नमनी पढीदिनु होला। अब देखी चै सबै type गरी नसकी साझा मा नटाँस्ने भएँ।
बेश्याको डायरी
(अन्तिम भाग)
मेरो रगत जाँचेको रीपोर्ट आज आयो। मलाई aids लागेको रहेनछ। त्यो थाहा पाएर मनमा फेरी एक चोटि ईच्छा र चाहनाहरुको फिलुङो उठ्यो। त्यो कोठिमा आज नफर्किएर कतै भागउ जस्तो लाग्यो। आकाशको चरी झै उन्मुक्त भएर उढौं जस्तो लाग्यो। यसो ब्याग मा हेरें कती पैसा छ भनेर। १३५ रुपौयाँ रहेछ। हुन त मलाई पैसाको के दु:ख भयो र? म त एउटा जीबीत चेक हुँ। आबस्यक्ता परेको खन्डमा आफुलाई जती बेला पनि भँजाउन सक्छु। अर्को मनले भन्यो त्यसरी आफुलाई भँजाउने हो भने भागनुनै किन पर्यो र? फेरी मन उतेजीत भयो कहाँ जाउँ , कता भागऔ? अर्जुन लाई यही कतै बाटोमा टुप्लुक्क भेटे पनि हुन्थ्यो झै भयो। भीड मा यताउती आँखा दौडाएर उस्लाई भेट्ने असफल प्रयास गरें। घर जान मन लाग्यो। आमको काखमा धीत मरुन्जेल रुन मन लाग्यो। यसोधिले दशैमा बोलएको सम्झें अनी बालाई सम्झें। अगाडि बढीरहेका मेरा पाइलाहरु टक्क रोकिए।
मैले घरमा पैसा पठाइन भने बाले के गर्लान? बाले मलाई जस्तै यसोधिलाई पनि यहाँ ल्याए भने। बाले नल्याएर भीमेले बिमलीलाई जस्तै यहाँ बेचेर गयो भने? मन भयभीत भयो। त्यही थचक्क बस्न मन लाग्यो। म आफ्नो स्वतन्त्रताको लागि अरु कसैलाई बन्धी बनाउन चाहन्न। घर गये नै भने पनि के पाउला मैले? के मलाई बाले देखेर अङालो हालेर आइज छोरी भन्लान? कुनौ अर्जुनले मलाई आफ्नु जीवन साथी बनाउला? यो समाजले स्विकार्ला? अँह !!! कतै बाट झीनो आसा पनि देखीन। म यही बसें भने मेरा बहिनिहरुले राम्रो जीवन पाउने छन। यसोधिको बिहे हुनेछ। अरु बहिनिहरुलाई बाले स्कुल हाल्देका छन अरे। उनिहरुको त सपना पुरा हुनेछ।
आफ्ना बहिनिहरुको उन्मुक्त उडान को लागि म सदा पीजडामा बस्ने छु। म लुरुलुरु कोठिमा फर्कीए।
(समाप्त)