Posted by: Birkhe_Maila October 17, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

शुक्रबारे बिहानीको यो शीतल अभिवादन, बिर्खे माइलाको!

 

हिजोका प्रश्नहरुको उत्तरहरु-

१) कुसुमबियालाछि- ठूल्दाईले उत्तर दिइसके

२) झ्वँ: बहाल - ऐजन ऐजन

३) धर्मस्थली- ऐजन ऐजन

४)इटुमबहाल- ऐजन ऐजन

५) तननी- कुसुमबियालाछि बाट करिब २५-५० मिटर असनतिर। चेली नानीको उत्तर :डि पनि मन पर्यो

६) देशे मरु झ्या- नरदेवी को मन्दीरको झ्याल जुन देश मै छैन रे! हे हे हे चेली नानी ठाउँको नाम हैन!

७)पिंगलस्थान - चेली नानीले उत्तर दिइ सकिन्।

८)बोहोराटार - लोल बोहोराहरु बस्ने त हो नि, तर यो बनस्थलीबाट माथिपट्टि, नागार्जुनबाट तलपट्टि र स्वयंभुबाट पूर्बोत्तरमा पर्छ।

९)खुसिबुँ - सोह्रखुट्टे र बिस्नुमतीको बिचको सानो फाँट।

१०)बानियाँटार- गोंगबुबाट उत्तरको टार

११)मण्डिखाटार- चेली नानिले उत्तर दिइसकिन्।

१२)सुकेधारा - चेली नानीले उत्तर दिइसकिन्,कपन जाने गौँडो भनम न!

 

नोट: हिजोको प्रश्नमा चेलीनानीले प्रश्नको गल्ती पत्ता लगाएर पुरस्कार जितेकि छिन्। हलेसि महादेव हुनु पर्नेमा अन्यथा पर्न गएकोमा क्षमाप्रार्थी छु।

हलेसि महादव खोटाङमा पर्छ, भुटनदेवि हेटौँडामा र देउति बजै सुर्खेतमा। अरु उत्तर आइसकेका छन्।

 

Read Full Discussion Thread for this article