Posted by: Birkhe_Maila October 16, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

जदौ!

त्यो साबुनको बिज्ञापनमा दुहबी, बिराटनगर भन्ने गर्थ्यो र पछि दुहबी भनेपछि काट्न थालेको थियो क्यारे।

दीपले भने जस्तो धरान र बुटवल उस्तै उस्तै छन् फेदिमा, र तानसेन र भेडेटर उस्तै उक्लेर माथि जानु पर्ने। तर खै किन हो प्रकृतीले पूर्वलाई हरियो र बलियो बनाइदिएको छ। सम्म मैदान देखि अग्ला चिसा डाँडाहरु बिचको दुन प्रदेश पूर्वमा लगभग गायब जस्तै छ। बुट्वलबाट तानसेन सम्म पुग्न तथा हेटौँडा देखि पश्चिम जहिँ कहिँबाट अग्ला चिसा डाँडाहरुसम्म पुग्न कयौँ जर्जर, खन्डित पहिरो, सुख्खा डाँडाहरु र मौसमी खोलाहरु पार गरेर जानु पर्छ। यस अर्थमा पूर्व, धरान देखि भेडेटार हुँदै धनकुटा होस वा चारआली देखि फिक्कल हुँदै ईलाम होस, एकै पटक अग्ला डाँडामा पुगिन्छ।

Read Full Discussion Thread for this article