Posted by: Nepali Thita October 16, 2008
100 Somalian have been living in Nepal since 3 years
Login in to Rate this Post:     0       ?        
सोमालियका शरणार्थीहरुको सिंहदरबारमा धर्ना
 :: नेपाल समाचार
- अमेरिकादर्पण सम्वाददाता
काठमाण्डौ, असोज ३०,अक्टोवर १६/नेपाल सरकारले शरणार्थीको मान्यता दिएर पेशा व्यवसाय गर्ने, अध्ययन गर्ने छुट दिनुपर्ने माग राख्दै सोमालियका शरणार्थीहरुले आज सिंहदरबार दक्षिण गेटमा धर्ना दिएका छन् ।

संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्तको कार्यालयले शरणार्थीको मान्यता दिएपनि नेपाल सरकारले भने शरणार्थीको मान्यता दिएको छैन । करिब एकसयको हाराहारीमा रहेका सोमालियाका शरणार्थीहरु तीनबर्षदेखि नेपालमा बस्दै आएका छन् ।

नेपालमा अहिले सिमालियाका ३२ जना महिला, २७ जना बालबालिका रहेका छन् भने अन्य पुरुषहरु रहेका छन् । उनीहरु राष्ट्रसंघले शरणार्थीलाई दिने गरेको मासिक भत्ताले जीविको पार्जन गरिरहेका छन् । शुरुमा उनीहरु पर्यटक भिषामा नेपाल भित्रिएका थिए ।

 

Is our country going to get more diverse??

 

NepaliThita

Read Full Discussion Thread for this article