तारेमाम बिर्खे बा,
लोल बिर्खे बा।
तारेमाम झिल्के,
बिर्खे बा को कुरा संग १०० प्रतिशत शाहअंअत छु भने झिल्केको कुरा सँग ११० प्रतिशत ।
बिस्टे ले टाँस्या फुटु आएन क्या र? कुन चाँही अल्लारे ले उप्काए कुन्नी? उल्टै मलाई दोष?
श्रीमान ( श्रीमती भाको भए तिनलाई पनि) प्रमुख ज्यू।
चौतारी स्तर तथा लोकप्रियता घटबढ अनुसंधान समिती
चौतारीको लोकप्रियता नघटेको बारे।
उपरोक्त सम्बन्ध मा हाम्रो ध्यान र ज्ञान दुबइ आक्रिष्ट भएको हुँदा २०-३० शब्द लेख्नु आफ्नो धर्म र कर्म दुबै मानेको छु। सनातन काल देखी हाम्रो देशको अड्डा अदालतमा दसैंको पन्ध्र दिन अगाडि र तिहार को एक हफ्ता पछाडि सम्म कुनै काम कार्वाही नहुने प्रचलन चल्दै आएको ब्यहोरा श्रीमान विद्वान महाशयमा अबगत गराइरहनु आवश्यक छैन होला नै।
यसउसले, दसैं सकिए लगत्तै पछी कार्यालय खुले पनि दसैं को सिंहावालोकन गर्न र तिहारको स्वागत कार्यक्रम को तर्जुमा लाग्नु पर्ने हुंदा सर्बसाधारणको र सरकारी कामकुरो केही नगरने गौरबशाली परम्परालाई चौतारी ले छोड्न कदापी मिल्दैन भन्ने हाम्रो ठहर् छ।
तसर्थ, ढिलासुस्ती र अल्छीपन जस्ता सडेगलेका शब्दलाई ओखर पौवा मै समाभिष्ट गरी नेपाली परम्परालाई हानी नोक्सानी हुने क्रमभङ को कुनै कार्यबाही नगर्न र न गराउन हुन यो चेतावनीयुक्त बिनम्र तर कठोर् आग्रह गर्दछौ।