Posted by: Birkhe_Maila October 15, 2008
चौतारी ~१३१~
Login in to Rate this Post:     0       ?        

जदौ!

--------

हिजो दिनभरीमा यो नयाँ चौतारीमा जम्मा १० वटा पोस्टहरु भएछन्। जब कि हिजो सप्ताहान्त पनि थिएन। के चौतारीको लोकप्रियता घटेकै हो त? आउनुहोस यस बारेमा तथा यसलाई उकास्ने संभावनाहरुका बारेमा केहिबेर चर्चा गरौँ!

सन् २००४-२००५ देखिका साझाका नेपाली पोस्टहरु पढ्दै जाँदा र लेख्दै जाँदा शुरु भएको चौतारीको आजको यो हालत देख्दा शायद कतिपयलाई लाग्न सक्छ कि चौतारीको लोकप्रियता, स्तर, रोमांच, गतिबिधी, जीवन्तता तथा मनोरंजन खस्केको छ भनेर। तर समय धेरै बलियो छ साथीहरु! समयले हामिलाई कहिलेलाई दृष्टीभ्रम (इलुजन) मा पार्छ र वास्तविक स्थितीबाट अनभिज्ञ बनाइदिन्छ। यस्तै नै स्थितीमा चौतारी पुगेको मात्र हो यसको स्थान र तौल घटेको छैन। यस्तो अवश्थामा हामि सबैको मद्दत चौतारीलाई चाहिन्छ। आउनुहोस चौतारीको लागि चौतारी मन्त्रीपरीषदबाट बेल आउट पास गरौँ! लोल! सबै उपलब्ध औतारीहरुले आजको मिति देखि लागु हुने गरि शुक्रबार सम्म दिनको कम्तिमा पनि पाँच पोष्ट गरेर सहयोग गरौँ!

धन्यवाद्,

श्री लहरेकान्त लाकौल

चौतारी स्तर तथा लोकप्रियता घटबढ अनुसंधान प्रमूख

चौतारी

 

Read Full Discussion Thread for this article