भोली मेरो पनि लास घर पुग्यो भने ?
बाटो हेर्दै कुरेकी मेरी बुडी आबै ले
मेरो लास मा अन्गालो हालेर रुनु पर्यो भने
छोरो को आस गर्दै बसेकी मेरी आमा ले
मलाई घाट मा देख्नु पर्यो भने
अनी मेरो साहारा खोज्दैइ बसेका मेरा बुढा बाबु ले
मलाई दाग बत्ती दिनु पर्यो भने?
निकम्मा सरकार ले केही गर्दैन
मेरा साथी ले पैसा उथाएर मेरो लास पठाउनु पर्यो भने ?
अनी मेरो नाम मा नि बिरानो गाउ मा
मलामी निकाल्नु पर्यो भने?
अनी मलाई पनि काम मा आएर कुनै काले ले गोली थोक्यो भने ?
तर म के गर्न सक्छु,
बाध्यता
बिबस्ता
अनी लाचरी ले अद्किएको छु म
मलाई पनि यहाँ मर्नु छैन
बाक्सा मा नेपाल पुग्नु छैन,
तर म के गर्न सक्छु
सरकार निकम्मा छ
आफु काम गर्दैन
हम्लाई गर्न दिदैन
छोरा लिएर घुम्न आउछ प्रचन्ड
हाम्रो लास लाने पैसा उसँग छैन
अनी म के गर्न सक्छु
त्यो देस गएर जहाँ म मान्छे भएर बस्न पाउन्न
खुलेर ब्यापार गर्न पायिन्न्न
योगेता अनुसार काम पाउदिन
सोर्सफोर्स नभै मोबाईल सम्म पायिन्न ।
तर मेरो नि लास मात्र भोली घर पुग्यो भने
म नि आमा बा लाई देखाएको आस सँगइ लास बनेर जानु पर्यो भने
म कल्पना पनि गर्न सक्दिन त्यो पल
मर्नु भन्दा अरु को आँखा मा आफ्नो मृत्यु देख्न गाह्रो हुदो राइछ
भोली मेरो पनि लास मात्र घर पुग्यो भने ?