Posted by: chipledhunga October 9, 2008
Login in to Rate this Post:
0
?
बिजया दशमीको शुभकामना सहितको जदौ सबै गाउँलेहरुलाई।
घरमा फोन गरियो, सोर्हौं consecutive टीकाको दिन आमाको रुन्चे अनि बुवाको गम्भीर स्वर सुनियो।
यो एउटा गीत सान्दर्भिक होला कि आजको लागि?
आज किन साथी मलाई रुँ रुँ लाग्छ
आज किन साथी मलाई रुँ रुँ लाग्छ
जीवन हाम्रो बित्ने हो कि बिदेशैमा बसी
मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी
आज किन साथी मलाई रुँ रुँ लाग्छ
शिउपुरीको झरना छेउ घर हाम्रो छाप्रो
रुँदै होलान् बाबु आमा हेर्दै हाम्रो बाटो
आज किन साथी मलाई रुँ रुँ लाग्छ
साहिंली माहिली नाच्दै होलान् बजाँउदै मादल
झलझली सम्झिरहेछु कान्छीको गाजल
आज किन साथी मलाई रुँ रुँ लाग्छ
कान्छी रुन्थिन नजाउ भन्दै बाटो छेकी छेकी
अर्को दशै कुर्दा कुर्दै मरिने पो हो कि
आज किन साथी मलाई रुँ रुँ लाग्छ
आज किन साथी मलाई रुँ रुँ लाग्छ