Posted by: Deep October 7, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

झिल्के ब्रो, गहिरो जाने भनेकै मायामा त हो --त्यस्तो बाल्टिक साल्टिक हुँदी गहिरो गैयो भने त बर्बाद भै हाल्यो नी।  बालिङ्गमा साहुनीकी छोरी पनि हेर्न बाँकि नै होला --सस्रुरालीमा भात-भान्सा पनि भ्या छैन नै होला-- उता तानसेनमा त्याँ श्रीनगर डाँडा लिएर जस्लाई जाम्ला केरे भन्ने लाग्या छ त्यो सोचाई पनि भत्किसक्या त छैन होला।

त्यो बाल्टिकको कुरा चै ढुक्क पढीयो। यसो हेर्‍या लेख्ने मान्छे पनि झिल्के ब्रो नै रे छ अनि अल्मोस्ट सिताराम भन्या रे छ--त्यसैले जे जे भए पनि झिल्कै जिम्दै छ भनेर ढुक्क पढीयो।

ल दशैको शुभकामना। जो सँग गहिरो जाने बिचार छ उ पनि ब्रो सँगै डुबोस--मायाको गहिराईमा।

*********

हामी नेपालाँ हुँदा दशैमा ५ कुराको रहर हुन्थ्यो। चार वटाको रहर पुर्याईन्थ्यो जसो तसो एउटा चै सधै धरमर। जसो तसो पुर्याउने  कुराहरुमा ट्वाँट्, चुरोस, मासु, अनि जुवा थिए भने धरमरमा पर्नेमा सुन्दरीको समर्पण। के गर्नु?

Last edited: 07-Oct-08 12:46 PM
Read Full Discussion Thread for this article