Posted by: Abinn October 5, 2008
DURBAR HATYAKANDA
Login in to Rate this Post:     0       ?        
बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन अर्का एक सिपाही थियौं
हामीले बिन्तीपत्र दिएपछि त्यहाँ हलचल भएछ हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् पहिलो फायर नै उनीमाथि भएको हो त्यसकारण निष्पक्ष छानबिन होस् बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो जबकि मेरो दोष केही पनि थिएन आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो त्यसपछि मलाई एक महिनाजति झुलाइयो कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ , सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो

साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ मलाई भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो जेलमा बसेर मुद्दा लडें सुरुमा वकिल भूमिनन्द चुँडाल पछि तारा खनालको सहयोग लिएँ १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्यो , जेल परें हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ हामी छुटाउन पहल गरिरहेका छौँ तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन
Read Full Discussion Thread for this article