Posted by: Abinn October 5, 2008
DURBAR HATYAKANDA
Login in to Rate this Post:     0       ?        
अबेरसम्म जलपान भइरहेको थियो त्यहीबीचमा पारस गाडीमा बाहिरिए एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् त्यसपछि फायरिङको आवाज आयो
दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा भित्र जान हामीलाई अनुमति थिएन आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो त्यहाँ सात फायर भएपछि जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो बाहिर पनि दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले दीपेन्द्रलाई ब्रस्ट फायर भयो बाहिरसमेत गोली $चलेपछि ज्यान जोगाउन मुस्किल भो त्रिभुवन सदनअगाडि बगैंचामा लुकें

गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन उनले आउनेबित्तिकै भने- भाइ हो, हस्पिटल लानुपर्छ त्यसपछि घाइते लास उठाउन थालियो पनि लास उठाउन गएको थिएँ मैले वीरेन्द्र सरकार नीराजनलाई उठाएँ ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ चिउँडो पंखामा झुन्डिएको रहेछ
अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार श्रुति थिए धीरेन्द्रको बारेमा मलाई थाहा भएन वीरेन्द्रको मृत्यु भइसकेको थिएन वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर पनि छाउनी अस्पताल गएको थिएँ सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए
सैनिक अस्पताल पुर्याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो हामीले धेरै हेर्न पाएनौं हामी हाकिमको आदेशअनुसार अस्पतालबाट फक्र्यौं त्यसपछि के गरियो थाहा भएन
मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्यौं बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्यौं सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि बिन्तीपत्र हाल्नेमा अगुवा थिएँ बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर Read Full Discussion Thread for this article