Posted by: Abinn October 5, 2008
DURBAR HATYAKANDA
Login in to Rate this Post:     0       ?        

दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,' उनले भने
वीरेन्द्र नीराजनको लास आफूले पनि उठाएको उनले बताए 'मैले पनि वीरेन्द्र नीराजन सरकारको लास उठाएको हुँ,' उनले भने, 'वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल जानेमा पनि थिएँ सैनिक प्रहरीको गाडीमा पछाडि बसेको थिएँ बाटोमा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ अस्पताल पुगेपछि के भयो थाहा छैन '

गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए ' अब हस्पिटल लैजानुपर्यो भनेका थिए पारसले,' लम्तेरीले भने, 'पारस उनका परिवारलाई केही पनि भएको थिएन '
खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए 'घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौं,' लम्तेरीले भने, 'हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं '
आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि 'त्यतिसम्मको दुस्साहस' गरेको उनले बताए तर 'कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको' उनले बताए 'पहिले दरबारमा आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालियो '

आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, ' सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन खेल खेल्न सधैं अघि सर्थें, त्यसैले पनि दीपेन्द्र सरकारका लागि निकै प्यारो मान्छे थिएँ '
उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए 'गीत सुन्नुपर्यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो खोपीमै जान्थें गीत सुनाएर खुसी पार्थें,' उनले भने
उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए 'तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,' उनले भने लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए ' ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्यो पछि बाहिर तालिमका बेला एम्बुसमा परेर मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ' पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती

Read Full Discussion Thread for this article