Posted by: Amazing October 4, 2008
I almost died in Baltic sea :-(
Login in to Rate this Post:     4       ?         Liked by


कुरा अस्ती भर्खर को हो, एक महिना पनि भएको छैन। घरमा बसिरहेको बेलामा साइमन्ड (नाम परिवर्तन)ले फोन गर्‍यो, उसको जन्मदिनको उपलक्ष्यमा उसको आमा बाउले धेरै टाढाको आइल्यान्डमा समर कटेज रेन्ट गरेका रहेछन, मलाई उसले जाने निम्ता दियो। स्कटल्यान्ड्को Highlands तिर गएर आएको कुरा साझामा गफ लाएको पनि धेरै भएको थिएन फेरी अर्को ट्रिप। खासै भन्ने हो भने जानै मन थिएन, फेरी काम पनि भर्खर शुरु हुँदै थियो अनी, धेरै ठाउमा डुल्दा डुल्दा मनलाई पनि आराम चाहिएको थियो।

तर पनि नयाँ ठाउमा जाने कुराले मन रोमान्चित नै भयो, कटेज ठुलो छ २-३ जना साथी लिएर आएपनी हुन्छ भनेर साइमान्ड्ले भन्यो, काममा पनि जसो तसो बिदा मिल्यो। हल्का फुल्का घुमफिर गरे पनि यो समुन्द्रको छेउमा हफ्ता दिन नै बस्ने गरेर जान लागेको भने पहिलो पटक थियो। त्यसैले अली रोमान्चित त थिए नै। त्यो सानो आइल्यान्ड स्विडेन र फिन्ल्यान्ड्को बिचमा रहेछ, टाइटानिक जत्रो जहाजमा सात घण्टा बिताएपछी आल्यान्ड  (Aland) भन्ने टापुको राजधानी  Marehamn  (मारिहाम )भन्ने ठाउमा आइपुगियो। त्यो Aland फिन्ल्यान्डको अधिनमा रहेछ तर त्याहाको भाषा स्वेडिश, त्यो पुरै टापुको जन्सन्ख्य बानेश्वरको भन्दा पनि थोरै रहेछ।

हामीहरु मारिहेम बाट २ वटा गाडीमा नक्सा हेर्दै हाम्रो गन्तब्य तिर लाग्योउ, त्यो अनक्नटार टापुको पनि सबै भन्दा अलग्गै ठाउमा रहेछ हाम्रो कटेज, ९० किलोमिटर को गतिमा ६० किमी को बाटो छिचोल्दै हामीहरु गन्तब्यमा आइपुगेउ। त्यो टापुभित्र पनि ६५०० स साना टापुहरु रहेछन। त्यो भन्दा पहिला १ हफ्तालाई चाहिने सरसमानहरु किन्न थाल्योउ, त्यो सानो १० हजारको बस्ती भएको ठाउमा (Maiheamn)  ३ घण्टा घुम्दा पनि म जस्तो अर्थात एसिअन, अफ्रिकन, कालो कपाल भएको कोइ भेटिएन, मेरो साथीले मलाई हेर्दाइ भन्दै थियो 'यु आर लअक्की इनफ टु बि फस्ट नेपाली इन दिस आइल्याण्ड'मलाई पनि हो जस्तै लाग्यो तर तातो न छारो, मान्छेले के के गरिसके जाबो यो टापुमा आउनु पनि के ठुलो कुर हो र त्यो पनि फ्रीमा हा हा।

त्यो बिरानो ठाउमा पुग्दा मन नै कस्तो रोमान्चित भयो, बिच बाटोमा पुलिसले हाम्रो गाडी रोक्यो, मलाई केही प्रश्न सोध्यो, कहाँ बाट कसरी, किन आएको भन्यो, नेपाल भन्ने बित्तिकै उ र उसको साथी अचम्म पर्दै Nokia N-95 मा नेपालको नक्सा देखाउन खोजे। फेरी बिच बाटोमा गाडीमा पेट्रोल हाल्नको लागि रोकिदा ३-४ वटा बुढी आईमाईले अचम्म मान्दै म तिर नै herey. मलाई कता कता अप्ठारो फिल भये पनि रमाईलै लाग्या थियो।
त्यो अनकन्टार ठाउँ पनि कस्तो बिकास भएको, दुनियाँ देखी छुटिएर बस्दा पनि एत्रो बिकास, हाम्रो देश कहिले हुनेहोला एत्रो बिकसित, यि आदी कुराहरु मनमा खेल्दा खेल्दै कटेज पनी आइपुग्यो, आर बाफरे कटेज पनि कस्तो सुनसान ठाउमा, जङलको बिच भागमा ठ्यक्क समुन्द्रको बिचमा रहेछ, त्यो वरपर केही कटेजहरु थिएनन, कटेज अगाडि ठुलो ढुङ्गा थियो अनी त्यसको तल समुन्द्र। हामीहरु छ जना कटेज भित्र छिरेउ, ओ माइ गड!!!! कती राम्रो घर, दुई तले त्यो कटेजमा पाँचवटा बेडरुम, दुइटा हल, एउटा किचन, ३ वटा बाथरुम अनी साउना, स्नुकर, टि वि सबै थियो। जङलको त्यो बिचमा एस्तो सुविधा देख्दा बिकास भन्ने के हो थाहा भयो। एक हफ्ताको लागि हजार युरो तिरेको कुरा बल्ल पत्यार लाग्यो। यो कटेज यती राम्रो रहेछ कि ३ बर्षको लागि अहिले नै बुक भाईसकेको रहेछ। अनी समर कटेज जती सुन्सान ठाउमा भयो त्यती महँगो हुदो रहेछ अनी, ताल अथवा समुन्द्रको छेउमा भयो भने अझ राम्रो। मनमनै कल्पना गरे बिहे गरेपछी श्रीमती सँग एक पटक भने यहा पक्कै आउछु।

म आफ्नो कोठामा समान मिलाउन लागे, हामीहरु छ जना थियो, २ जोडी अनी साइमान्ड र म, एउटा रुम खाली भयो, माथी तलामा सम्नुद्रको भ्यु देखिने रुम रोजे। वरपर जङल मात्र छ अनी बिचमा  समुन्द्रको त्यो जमेको पानी। भोली पल्ट उठ्दा आँफैलाई अचम्म लाग्यो नयाँ ठाउमा, १० बजी सकेको रहेछ, त्यही पनि हतार थिएन। तल किचनमा आउँदा सबैले आफ्नो आफ्नो ब्रेक्फास्ट खाइसकेछन। एक जोडी वाकिङ गर्न गएछन, अर्को जोडी मुभी ह्देरै थिए भने साइमन्ड साइकल लिएर निस्केछ। ति तीन जनाले तीन किसिमको ब्रेक्फास्ट लिएछन, आफ्नो आफ्नो स्टाइल्मा, मैले पनि हिजो आफुले किनेको ब्रेड खाए।

थाहै नपाई ५ दिन बित्यो, कहिले तास खेल्योउ, दिन मा २-३ पटक साउना लिग्थ्योउ, स्नूकर पनि धेरै नै खेलियो, फेरी त्यहा डार्ट पनि रहेछ, कहिले जङल जङल चाहर्दै हिन्थ्योउ त कहिले आफ्नो आफ्नो देशको कुराहरु शेयर गर्थ्यो। बिदेशीहरुसँग घुलमिल हुँदा त्यो नै रमाइलो लाग्छ मलाई, आफ्नो देशको राम्रा राम्रा कुराहरु भन्ने। अनी म सँग नेपाल टुरिजम बोड्ले बनाएको Naturally Nepal भन्ने सि डि थियो त्यो पनि देखाये।  त्यो सि डि जती पटक देखायो त्यती पटक ' Wow, Wonderful'  भन्थे' त्य्हा बितेका ५ दिन अती नै रमाइला थिए।

हामीहरु सँग दुइटा गाडी थियो तर दुई जना सँग मात्रै लाइसेन्स थियो। युरोपमा गाडी किन्नु भन्दा पनि लाइसेन्स बनाउन महँगो पर्ने भएकोले सबै विद्यार्थी सँग लाइसेन्स हुँदैन। पहिलो कुरो त यहाँ गाडीको त्यती जरुरी पनि हुँदैन, पब्लिक ट्रान्स्पोर्टको राम्रो सुविधा छ, अर्को कुरा They love cycling, साइकल्को लागि अलग्गै track हुन्छ, हाम्रो देशको मुख्य राजामार्ग भन्दा ठुलो साइकल ट्र्याक देख्दा पहिले पहिले त म तीन छका खाएको थिए। त्यहा बस्दा बेला बेलामा त्यो Alandको राजाधानी मारिहेम पनि ड्राइभ गरेर घुम्न पनि आयो। त्यो 27 हजार जनसंख्या भएको टापुमा एउटा  कलेज अथवा विश्वबिद्यालय रहेनछ त्यसैले पढ्नको लागि कि फिन्ल्याण्ड्को राजधानी हेल्सिन्की अथवा स्विडेनको स्टकहोम जाँदा रहेछन। हाम्रो नेपालमा गाउ छोडेर काठमाडौं छिरे जस्तो।

यात्राको छैठौ दिन, शायद १ बजेको थियो होला, म टि भिमा जर्मन कमेडी हेर्दै थिए, कमेडी भएपनी केही हासो नलाग्ने, झ्याल खोले समुन्द्रको चिसो अती नै चिसो सिरेटो भित्र छिर्यो, मेरो कोठाको झ्यालबाट सम्नुद्रको अती नै राम्रो भ्यु देखिन्थ्यो, टाढा धेरै टाढा सम्म जङल नै जङ्ल अनी फेरी साइड्मा पानी नै पानी। ठ्याक्क पारी पट्टी एक दुइटा समर कटेज हरु थिए। यस्तो शान्त र स्वर्ग जस्तो ठाउमा कुनै दिन आउन पाउछु जस्तो त मलाई सपनामा पनि लागेको थिएन। कुनै कुराको चिन्ता छैन, मन आनन्दित छ मनमनै साइमान्ड्लाई धन्यवाद दिये।

त्यही बेलामा अचानक तलबाट साथीहरु चिच्याउन थाले 'Amazing, its lunch time' एसो किचनमा आएको सबै जना आफु आफुले बनायको लन्च खानमा रेडी थिए, म पनि त्यही ४० सेन्ट्मा किनेको चाउ चाउ र सस्तो अन्डा बनाएर खान थाले। हो यस्तै सानो तिनो कुरा ले गर्दा नै मलाई आफ्नै देशको सन्स्क्रिती मन पर्छ। शायद यहाँ हामी सबै नेपाली भएको भये एकै किसिमको खाना मिठो नमिठो शेर गरेर खान्थ्यो होला तर यहाँ त ब्वाइ फ्रेन्ड र गल फ्रेन्ड पनि छुट्टै छुट्टै खाना, खाना खाइ रहेछन, हामी छ जना ४ किसिमको खाना खाइरहेका थियौ, एउटै भान्सामा.....  भन्ने बेलामा ओह माइ डार्लिङ, स्विट हाट, my heart beat  के के हो के के भन्दै दिन मा सय चोटि थुतुनो जोड्छन तर ब्यवहारमा भने यो तेरो यो मेरो, यो मैले किनेको, यो खाना मेरो, आदी इत्यादी स साना कुराहरुमा पनि तेरो र मेरो भन्ने बानी। एक किसिमले त ठिकै पनि हो किनको उनिहरुलाई नै थाहा हुँदैन कती दिन अथवा कती रात सम्मको सम्बन्ध हो त्यो। त्यसैले बेलइमा बुद्दी पुर्याउनु बेश।

जे होस् सोचे भन्दा धेरै नै रमाइलो भयो त्यहा, घर सफा गर्ने पालो आयो, हामीहरु गेम खेल्न थाल्योउ, चिट्ट्ठा अनुसार सबै भन्दा कान्छी एमिलिले सफा गर्नु पर्ने भयो, अनी जेठो साइमान्ड्ले साउनाको लागि जङल बाट दाउरा खोज्ने पालो पर्‍यो। अरु दुई जना १५ किलोमिटर टाढा भएको सानो स्टोरबाट ४ दर्जन Beer लिएर आउनु पर्ने भयो त्यो पनि साइकलमा। अनी म र मार्कस्को गल फ्रेन्ड भने सबैलाई खाना पकाउने अनी एक सए डिग्री सेन्टिग्रेट् (Yeha 100 degree centigrates)तापक्रम भएको Saunaमा आधा घण्टा बाहिर ननिस्किन बस्नु पर्ने भयो। तर अती नै रमाइलो भयो त्यो दिन मेरै सुझावमा सबैले सँगइ र उही डिनर खाने कुरा भयो, म राम्रो कुक त होइन तर पनि हल्का फुल्का शुरु गरे अनी  सबैजनाले हात बटाए, मैले आलुको अचार बनाए, एमिलिले स्पानिश खाना बनाइ, अरु साथीहरुले चिकन आइटम बनाये, सँगइ बसेर खादाको मजा नै अर्कै थियो त्यस्पछी शुरु भयो रक्सी खाने पालो। धेरै फोटोहरु पनि खिच्योउ, वातावरण साह्रै रोमान्चित थियो, आफुलाई भने कोइ पाट टाइम गल फ्रेन्ड भये पनि ल्याउनु पर्ने रहेछ भनेर मन थकथक भयो :-(

Part - II

आज छैटौ दिन, मौसम खासै राम्रो छैन मलाई पहिले देखिनै समुन्द्रमा बोटिङ गर्ने इच्छा थियो, तर कहिले के नमिल्ने कहिले के नमिल्ने। हाम्रो कटेजको अगाडि ठुलो ढुङ्गा थियो अनी त्यस भन्दा ५ मिटर जती तल बाल्टिक सि (Baltic Sea) शान्त रुपमा स्थिर थियो। त्यो ढुङ्गाबाट समुन्द्रतिर हेर्दा अरु स साना टापुहरु देखिन्थे, २-३ सय मिटरको आसपासमा स साना टापुहरु देखिन्थे। हेर्दा नै कुनै सस्पेन्स अथवा रोमान्टिक मुभिको लोकेशन जस्तो।

त्यो कटेज रेन्ट गर्दा एउटा हातले चलाऊने बोट र अर्को मेषिनरी (Speedboat) बोट थियो। पोखरको फेवाताल देखी कलकत्तको हुगली नदीको बोटमा चढे पनि आँफैले भने लामो समय सम्म बोट चल्याको थिएन। साइमान्ड्लाई बोटिङ गर्न जाउ भनेको, उसलाई आज स्विडेन र चेक्को Ice Hockey म्याच हेर्नु छ रे, एमिली र उसको ब्वाइ फ्रेन्ड गाडी लिएर ५० किलोमिटर टाढा भएको Farmhouse हेर्न गएका छन। मार्कस को गल फ्रेन्ड लाई भने नजिकैको म्युजियम हेर्न जान मन छ रे, तर उसको लाइसेन्स छैन। मलाई फोर्स गर्दै थी,Please Amazing, lets go there। मैले झन उल्टै बोटिङ गर्न जाउ भन्दा म तिर हेर्दा पनि हेरिन। जे होस् मार्कस बोटिङ गर्ने जाने भयो म सँग।

लाइफ ज्याकेट लगाएर हामीहरु त्यो हातैले चलाऊने बोटतिर लाग्योउ, त्यो बोट लाई बाधेर राखिएको रहेछ, ५ मिनेट लगाएर त्यहाभित्र पसेको पानी निकाल्योउ। एउटा क्यमेरा, हातमा पन्जा अनी टाउकोमा चश्मा भिरेर बोटमा खुट्टा राख्योउ। बोट एक जनाले मात्र खियाउन मिल्ने रहेछ, त्यसैले मार्कसले नै चलायो, समुन्द्रको पानी साह्रै सफा देखिन्थ्यो, मौसम खासै राम्रो नभएपनी त्यती खराब पनि थिएन। मार्कस मेरो Classmate हो, विश्वको सबैभन्दा महँगो शहर नर्वेको राजधानी ओस्लो बाट आएको। मान्छे रमाइलो छ, म सँग केही कुरा पनि लुकाउदैन, आफु भन्दा २ बर्ष जेठि केटीसँग अफेयर छ उसको, ३ बर्ष भईसक्यो त्यो सम्बन्ध भएको। पहिला पहिला त अती नै मिल्थे तर आज्काल दाल may कुछ काला है जस्तइ भाको तियो उनिहरुको सम्बन्ध। त्यही सम्बन्ध सुधारनको लागि समर कटेज आको भन्थ्यो। आफु भन्दा जेठि अनी धेरै कमाउने केटी भएकोले होला उसलाई कन्ट्रोलमा राख्न खोज्छे रे। उसले भन्दै थियो 'Amazing, its between u and me but i really dont enjoy being with her these days' मैले उनिहरुलाई चिनेको धेरै भएपनी एसरी नजिकिएको १ बर्ष भएको थियो।

दुबइ हातले बोट चलाऊदै उ आफ्नो नरमाइलो प्रेम कथाको गुनासो पोख्दै थियो, म पनि उसको कुरा सुन्दै यता उत फोटो खिच्दै थिए।। गफ गर्दा गर्दा ५०० मिटर जती टाढा आइएछ, ल हेर म कसरी बोट चलाऊछु भन्दै उसले छिटो छिटो बोट चलाऊदै थियो, उसको त्यो स्किल देखेर म पनि दङ थिए, साच्चिकै फास्ट जादै थियो बोट, रमाइलो लाग्दइ थियो मलाई। हामीहरु अर्कै ठाउमा आइसकेका थियो, हाम्रो कटेज ढुङ्गाको ढिस्कोमा थियो तर हामीहरु एती टाढा आएछौ कि कटेज नै देखिन छाड्यो, बरु वरपर स साना टापुहरु देखिन थाले, मलाई झन झन रमाइलो लाग्दइ थियो। मैले टापुमा जाउ भने उसले भयो अब हामीहरु धेरै टाढा आयोउ फर्किनु पर्छ भनेर बोट फर्काउन थाल्योउ, शायद हामीहरु कटेज भन्दा ५ किलोमिटर जती टाढा हुनुपर्छ।

उसले बोट फर्कायो अनी कटेजको बाटो तिर आउन थाल्यो, खै किन हो बोट अती बिस्तारै चल्दै थियो, ५ मिनेट भाईसक्यो, बोट्ले ५ मिटर पनि अगाडि बड्न सकेन, उसले सकेसम्म प्रयास गर्दै थियो, मलाई पनि अचम्म लाग्यो, 'Markus show your skill' भन्दै मैले मजाक गर्न थाले, उ झन झन आतिदै थियो, त्यस्को १५ मिनेटसम्म बोट मुस्किलले ५० मिटर पार गर्‍यो होला, त्यस्पछी मलाई पनि शन्का लाग्यो, मैले सोधे के भएको हो? अहिले हाम्रो कटेजतिरबाट अली पावरफुल हावा चल्दै रहेछ त्यही भएर हामीलाई आउनेबेलामा सजिलो भएको रहेछ, अहिले त्यस्को ठीक अपोजिट जती कोशीस गर्दा पनि बोट सर्दै नसर्ने।

समुन्द्रको बिचमा छौ हामीहरु, मार्कसको पसिना आउन थाली सक्यो, अहिले त आत्तिन पनि थालेको छ तर बोट एक पाइला पानी सरेन, जती अगाडि बड्न खोज्यो उती पछाडि सर्छ। १ घण्टा जती भयो जहिको तही, मलाई पनि डर लाग्यो तर उसलाई हौसला दिदै थिए 'Common man, u can do it' उसले लास्टमा बन्यो 'Im too tired, can u please try once?' झन मैले त कहिल्यै पनि चल्याको थीइन, त्यही पनि बोट खियाउन थाले, समुन्द्रको पानी झन छचल्किन थाल्यो, बोट नै पल्टने हो जस्तो लाग्यो, मार्कसको एकदमऐ आत्तियको थियो। १० मिनेटको थकाई पछी फेरी उ चलाऊन थाल्यो, एक छिन् त सकेसम्मको बल लगायो फेरी उस्तै, जती कोशीस गर्दा पनि हामीहरु जहिको त्यही। मैले उसलाई ल नजिकैको टापुमा गएर रेस्ट गरौ अनी हावा रोकिएपछी फर्कौला भने, उसले जती टाढा गयो उती समस्या हुन्छ, 'Lets not give up' भन्यो। उसको Spirit मलाई मन पर्‍यो। अनी फेरी शुरु भयो संघर्श। जीवन सँग ,,,,,,......

मार्कस्ले जती जती बोट खियाउदै छ हामीहरु त्यती त्यती पछाडि धकेलिदै छौ, हावाको तेज अझै बढ्न थाल्यो, अगस्ट महिना भएकोले साँझ परेपनी उज्यालाई छ ....मेरो मनमा पनि चिसो पसिसक्यो, हामी दुबै भित्र भित्र डराएका थियो, आत्तिसकेका थियौ तर एक अर्कालाई भनेका मात्र थिएनौ जुन हाम्रो body language बाट स्पस्ट हुन्थ्यो। तर पनि सकेसम्म कोशीस गर्दै थियौ, कहिले उसले त कहिले मैले गर्दै चलाई राखेका थियौ। १० मिनेटसम्म मार्कस केही बोलेन म पनि चुप्चाप थिए, अचानक उ चिच्यायो 'साइमन्ड साइमन्ड' त्यो उसको चिच्याहट्मा जीवनको भिक लुकेको थियो, उसले सुन्ने त थिएन त्यही पनि उ चिच्यारहेको थियो, साइमन्ड साइमन्ड भन्दै, मलाई के भयो थाहा भएन म पनि उ सँगइ चिच्याउन थाले, भन्थे मान्छे मृत्‍यु देखी डराउछ आज आफैले भोगेको थिए। हामी दुबइ जना जोड जोड सँग चिच्यायो तर सुन्ने कोइ थिएन। अनी फेरी थकित शरीर र गलेको हात र मृत्‍यु सँग डराएको मन सबैलाई बिर्सेंजस्तो गरी बोटिङ गर्न थाल्योउ, लगभग २ घण्टा भयोहोला हामीहरु त्यो Baltic sea को १ सए मिटर पानी वारीपरी संघर्श गरेको।

मन अती नै आत्तियको छ, जीवनमा एड्भेन्चर हुने खालको घटना गर्न मलाई साह्रै मन पर्छ, इन्डियन एअरलाइन्सको जहाज हाइज्याक हुँदा ma पनी त्यहा परेको भये भनेर कल्पना गर्थे, अनी फेरी कनकमणी दिक्षित जस्तै मर्दा मर्दाइ बचेँको जस्ताइ घटना मेरो जीवनमा घटे हुदो जस्तो लाग्थ्यो तर एतिबेला भने मलाई प्रत्यक पल डर लाग्दइ थियो अनी मृत्‍यु झन झन नजिकिदै आए जस्तो भान भएको थियो। हावा रोकिएको छैन, हामी दुबइ जना चुप चाप छौ, आतियका छौ अनी डराएका छौ।

त्यो बेला मनमा के के कुराहरु खेले, एदी हामी यहाँ मर्योउ भने के होला, नेपालको त्यस्तो ठाउमा जन्मेर यो बाल्टिक सि मा आएर मर्नु लखेकेको रहेछ भन्ने पनि सोचे, टाइटानिक फिल्म हेरेको सम्झे अनी त्याहा manisहरुले मृत्‍युसँग लडेको सिनहरु सम्झे। अनी फेरी घर परिवार सम्झे, साथीभाइ सम्झे अनी खै कती बेला हो कहिल्यै साक्षात्कर नभएका साझाका साथीहरु पनि सम्झे,...अब भने बिस्तारै बिस्तारइ हावा कम भये जस्तो लाग्न थाल्यो, बोट जोड जोड सँग चलाउन थालयोउ तर अती नै थाकेको भएर होला धेरै टाढा जान सकिएन अनी फेरी हावा पनि त्यती कम भएको रहेनछ। अब हामीहरु सँग २ वटा उपाये थियो कि त नजिकैको टापुमा जाने र हावा नरोकिएसम्म त्यही बस्ने जबकी सबै भन्दा नजिकको टापु पनि २-३ किलोमिटर जती टाढा थियो होला, कि बोटलाई त्यहि छोडेर स्विमिङ गर्दै कटेजमा पुग्ने।

साँझको नौ दस बजी सक्यो होला तर हामीलाई समयको महत्व छैन, मर्न लागेको मान्छेएलाई के समय, अब यसरी समुन्द्रको बिचमा मृत्‍यु कुरेर बस्नु भन्दा अरु केही उपाये गरौ भनेर मैले मार्कस्लाई भने 'Lets go to island' तर अहिले त हामीहरु पहिलाको ठाउँ भन्दा अली नजिक आइसकेका थियौ, त्यहाबाट हाम्रो कटेज र नजिकैको टापु लग्भग बराबर पर्थ्यो होला। शरीर एती गलेको थियो तर पनि मृत्‍युको डरले हामी सकी नसकी बोट खियाउदै थियोउ। प्रतिक्ष्याको फल मिठो हुन्छ भने झै बल्ल बल्ल हाम्रो कटेज देखियो, तर धेरै धेरै नै टाढा थियो, मैले लास्ट चोटि उसलाई भने 'Lets swim' उसले जोड जोड सँग बोट खियौदै भन्यो 'Do u think we can reach? 'मैले भने 'Ok u just be here, i will come with Symond' मेरो त्यो हिम्मत देखेर उ आत्तियो तर उसलाई स्विमिङ गरेर कटेज पुग्छु जस्तो पनि लागेन होला तर मैले मन मनै सोचिसकेको थिए, उसलाई जती भन्दा पनि मानेन, ल त एही बस म १ घण्टा भित्र साइमान्ड लाई लिएर आउछु, अर्को स्पिड बोट लिएर भने। भन्न त भने तर आँफैलाई डर लागेको थियो, के म त्यती टाढा पौडी खेलेर जान सक्छु? अनी फेरी बोटलाई नै चल्न नदिने हावा चलेको छ झन मलाई त के जान देला र जस्तो लाग्यो तर अर्को मनले हिम्मत गरे, लाइफ ज्याकेट छदै छ, केही १।२ सए मिटर जती ट्राइ गर्छु नसक्ने जस्तो नै भयो भने फेरी बोट्मै फर्किन्छु भन्ने सोचे।

कस्ता कस्ता अपाङ्गहरुले त हिम्मत गरेर इङ्लिश च्यानल क्रस गरेका छन भने जीवन र मृत्‍युको बिचमा उभियको मैले जाबो यो २-३ किलोमिटर पौडी खेल्न सक्दिन होला र जस्तो लाग्यो, यसै मर्नु छ उसै मर्नु छ, संघर्स गरेर नै मरु जस्तो लाग्यो। मार्कस भने कुनै पनि हालतमा नअौने भयो,

यस्तो बेलामा म एक्लै जादा स्वार्थी भये जस्तो लाग्यो, उसलाई एक्लै छोड्ने मन थिएन तर उसले नै मलाई जान कर गर्‍यो, म गये भने साइमान्ड्लाई लिएर म स्पिडबोट्मा आउन सक्थे तर यहाँ त पहिला आफ्नै जिन्दगिको सवाल छ। मैले हिम्मत गरेर समुन्द्रमा हाम फाल्न लागेको थिए उसको अनुहार मलिन भयो, मलाई हेर्न पनि सकेन, मैले उसको ढाड्मा बिस्तारइ हात राख्दै भने 'Dont worry buddy, i wil be here to save u with Symond' कता कता मलाई लाग्यो शायद यो हामी बिचको अन्तिम भेट हो यो दुनियाँमा, अनी केही समयछी अर्कै ठाउमा भेटिनेछौ स्वर्ग नभएपनी नर्क त अवश्य होइन होला। म फाल हाल्न लागेको मात्रै के थिए उसले मलाई फेरी हेरी रह्यो, हेरेको हेर्यै गर्‍यो। बोट पछाडि धकेलिएको छैन, अगाडि बडाउन हिम्मत छैन पछी नजाओस भनेर मार्कस्ले बिस्तारै बिस्तारइ रोकीराखेको छ।

मेरो क्यमेरा र चश्मा उसलाई दिये, जुता खोले अनी लाइफ ज्याकेट बेसरी कसे, उसले भन्यो 'Dont owrry there r no sharks'  म अचम्म परे, 'What is shark?' उसले भन्यो 'Sharks r big fishes like whales who eat small fishes and even human beings but I have read in newspapers that there r no sharks here' मलाई कता कता उ नाऔनुको कारण त्यही हो कि जस्तो लाग्यो। डराएको मन झन डरायो तर म समुन्द्रमा फाल हाले।

लाइफ ज्याकेट थियो केही डर लागेन तर पनि किन हो किन समुन्द्रमा पौडन त्यती अप्ठेरो लागेन, हावाले रोक्ने कोशीस गरेपनी म आफैले संघर्श गरी रहे, कता कता शार्कले खान्छ कि भन्ने मात्र डर थियो। पानी अती नै चिसो थियो, तर बिस्तारै बिस्तारै तातो तातो हुन थाल्यो, बेला बेलामा पछाडि फर्किदै मार्कस्लाई हात हल्लौथे, शायद एक जना मात्र भएर होला बोट पहिलाको भन्दा अली रफ्तारमा चलेको जस्तो लाग्न थाल्यो। त्यो समुन्द्रको पानीको छालले मुखमा हान्दा नुनको डल्लाले हानेजस्तो हुन्थ्यो, चर्को न चर्को नमिठो तरकरी जस्तो।

म पौडने बेलामा मलाई खासै अप्ठेरो भएन, थकाई लाग्यो भने केही बेर आराम लिन्थे, सानो छदा आन्धिखोलामा धेरै नै पौडी खेलिन्थ्यो त्यही भएर पनि होला। थकाई मार्दै, बिस्तारै बिस्तारै म समुन्द्रको छेउमा आइपुगे, सगरमाथाको चुचुरोमा पुग्दा तेन्जिङ नोर्गे र एड्मन्ड हिलारिलाई त्यती खुशी भएको थिएन होला जतीबेला म पुनर्जीवन पाएर त्यो पानीको धरातलबाट जमिनमा पाइला टेके। त्यहाबाट लग्भग ५ सए मिटर जती थियो हाम्रो कटेज, म हतारिदै भागेर कटेज पुगे, मेरो हालत देखेर सबैको होश हवस उड्यो। अनी एकै छिन्मा म, साइमान्ड र ओलिभर (एमिलिको ब्वाइ फ्रेन्ड) अर्को स्पीड बोट, हातले खियाउन नपर्ने (मेशिनले चल्ने) लिएर ५ मिनेटमै मार्कसलाई खोज्न निस्केउ।

त्यसको भोलिपल्ट बिहानै मार्कस उल्टी गर्न थाल्यो, बिरामी भएर होइन, पुनर्जीवन पाएको उपलक्ष्यमा हिजो राती धेरै रक्सी खाएर।

---The End--

Thanks everyone for reading... will update pictures soon..






Read Full Discussion Thread for this article