Posted by: focusnepal October 4, 2008
प्रेम गर्ने २० सूत्र
Login in to Rate this Post:     1       ?         Liked by
१। कलेजमा थुप्रै युवती तपाईंका आँखामा पर्न सक्छन् । तपाईंले चाहिँ हातमा किताबको चाङ बोकेर आइरहेकी युवतीलाई खोज्नुस् र धक्का मार्दै आपुनो किताब भुइँमा झार्दै उनका किताब पनि झारिदिनुस् । अनि सरी भन्दै टिपिदिएझैं गर्नुस् । उनले पनि तपाईंका किताब टिपिदिनेछिन् । त्यतिबेला एउटा किताब वा नोटबुक सट्टपट्टा गर्न नभुल्नुस् । अर्कोपटक भेट्ने बहाना त चाहियो नै ।
२। कुनै ह्यान्डसम वा ब्युटीले कार हाँकेर आइरहेका छन् भने गएर ठोक्किइहाल्नुस् । तपाईं मर्नुहुन्न । सामान्य चोट मात्र लाग्नेछ र त्यसरी उठाएको जोखिमले फाइदा नै दिनेछ । उनैसँग तपाईंको चक्कर चल्न सक्छ । अर्थात् मनमा चोट लाग्नेछ र माया पलाउनेछ ।
३। आपुूलाई मन परेको युवकको हातमा चोट लागेको देख्नुभयो भने चुप लागेर नबस्नुस् । आपुनो सारी वा कुर्ताको सल च्यातेर घाउमा बेरिदिनुस् । यसले युवकलाई मनमा समेत चैन दिनेछ । तपाईंको सारी वा कुर्ताको टुक्रा कति प्रभावकारी हुन्छ भने कुनै औषधिविना नै घाउ चट हुनेछ ।
४। सहरदेखि टाढा हरियाली ठाउँमा पिकनिक खान जाँदै हुनुहुन्छ भने जंगल वा छाँगाको भ्रमण गर्न नछुटाउनुस् । त्यहाँ गाउँकी कुनै सोझी तर सुन्दर युवती नाचिरहेकी हुन सक्छिन् । त्यसपछि रुख र ढुंगामा लुकेर फोटो खिच्नुस् । घटनाहरुले तपाइर्ंलाई प्रेमको बाटामा डोर् याउनेछन् ।
५। चोभार वा कुनै गोदाममा जानुस् त्यहाँ मायाको भोकी युवतीलाई गुन्डाले ज्यादती गर्न खोजिरहेको हुन सक्छ । कानलाई चनाखा राख्नुस् । कुनै कुनाबाट युवतीको चीत्कार आइरहेको सुनिनेछ । अनि भित्ता फोड्दै जानुस् । गुन्डालाई धुलो र युवतीलाई मायाको गुलियो चटाउनुस् ।
६। कुनै पाको उमेरको मान्छे भेटेमा राम्रो व्यवहार देखाउनुस् । तपाईंको मानवताबाट प्रभावित भई उक्त व्यक्ति तपाईंलाई आपुनो ज्वाइँ वा बुहारी बनाउने निचोडमा पुग्न सक्छ । बरु तपाईंचाहिँ कुनै बहाना लिएर उक्त व्यक्तिको घरमा पुग्नुस् । उनका छोरा वा छोरीसँग भेट त हुनैपर् यो नि †
७। कुनै युवती बेसहारा छिन् भने उनलाई प्रत्यक्ष थाहा नहुने गरी सहयोग गर्नुस् । उनीसँगको सम्बन्धलाई पनि जारी राख्नुस् । अनि एकदिन आपुूले सहयोग गरिरहेको कुरा उनको कानसम्म पुर् याउन कुनै पात्रलाई प्रयोग गर्नुस् । तपाईंको सहयोगको ऋण उनले प्रेम दिएर चुक्ता गर्नेछिन् ।
८। मन परेकी युवतीको बिहे हुन लागेको छ भने हिम्मत नहार्नुस् । तपाईंलाई युवतीले बिहेको कार्ड पक्कै दिनेछिन् । तपाईं कोठामा उदास भएर नबस्नुस् । बिहेको जग्गेमै पुग्नुस् र कुनै हरकत देखाउनुस् । अन्ततोगत्वा युवतीको बिहे तपाईंसँगै हुनेछ ।
९। त्रिकोणात्मक प्रेम छ भने साथीको मुख हेरेर त्याग गर्नुस् तर सहरदेखि नभाग्नुस् । दैवले एकदिन तपाईंको प्रेम तपाईंलाई नै फर्काइदिनेछ । त्यस्तो अवस्थामा तपाईंको प्रेममा बाधा पुर् याउने व्यक्ति चाहे त्यो मित्र नै किन नहोस् भगवान्को पि्रय हुनेछ । र तपाईंका लागि मैदान खाली हुनेछ ।
१०। युवतीका बाबुलाई फकाउन हातमा ठेला उठ्ने गरी भरियाको काम गर्नसमेत तयार हुनुहोस् । तपाईंलाई खाना खुवाउन र सहानुभूति दिन युवती टिफिन बोकेर आउनेछिन् । त्यतिबेला युवतीलाई आपुनो हत्केला देखाउन नभुल्नुस् । हातको ठेला देखेर युवती भावुक बन्नेछिन् ।
११। राम्री युवती वा राम्रा युवकसँग जम्काभेट भएमा आँखा जुधाउँदै टोलाउन थाल्नुस् । अरुतिर ध्यान नदिनुस् । एकाग्र हुनुस् साथीले तपाईंको आँखाअगाडि हत्केला नहल्लाएसम्म । त्यसपछि झस्किनुस् । यसो गरे तपाईंको लगाव झल्किनेछ ।
Read Full Discussion Thread for this article