Posted by: focusnepal October 4, 2008
प्रेम गर्ने २० सूत्र
Login in to Rate this Post:     1       ?         Liked by

October 4, 2008

साँभार : प्रेम गर्ने २० सूत्र (फोकसनेपाल डट ब्लगसम डट कम )

तपाईंलाई प्रेम गर्न आउँदैन त्यसो भए धन्दा नमान्नुस् । नेपाली फिल्म नियमित हेर्न थाल्नुस् । तपाईंले प्रेम गर्ने तरिका भटाभट सिक्न पाउनुहुनेछ । नेपाली फिल्म कुनै ुगाइडबुकु भन्दा कम छैन । नभुल्नुस् नम्बर वान हिरोइन नै ुलभगुरु भएको उद्योग हो यो । यहाँ बन्ने फिल्महरु प्रेमका पाठशाला हुन् । यिनै पाठशालाबाट उतारेका प्रेम गर्ने मुख्यमुख्य २० सूत्र ः
१। कलेजमा थुप्रै युवती तपाईंका आँखामा पर्न सक्छन् । तपाईंले चाहिँ हातमा किताबको चाङ बोकेर आइरहेकी युवतीलाई खोज्नुस् र धक्का मार्दै आपुनो किताब भुइँमा झार्दै उनका किताब पनि झारिदिनुस् । अनि सरी भन्दै टिपिदिएझैं गर्नुस् । उनले पनि तपाईंका किताब टिपिदिनेछिन् । त्यतिबेला एउटा किताब वा नोटबुक सट्टपट्टा गर्न नभुल्नुस् । अर्कोपटक भेट्ने बहाना त चाहियो नै ।
२। कुनै ह्यान्डसम वा ब्युटीले कार हाँकेर आइरहेका छन् भने गएर ठोक्किइहाल्नुस् । तपाईं मर्नुहुन्न । सामान्य चोट मात्र लाग्नेछ र त्यसरी उठाएको जोखिमले फाइदा नै दिनेछ । उनैसँग तपाईंको चक्कर चल्न सक्छ । अर्थात् मनमा चोट लाग्नेछ र माया पलाउनेछ ।
३। आपुूलाई मन परेको युवकको हातमा चोट लागेको देख्नुभयो भने चुप लागेर नबस्नुस् । आपुनो सारी वा कुर्ताको सल च्यातेर घाउमा बेरिदिनुस् । यसले युवकलाई मनमा समेत चैन दिनेछ । तपाईंको सारी वा कुर्ताको टुक्रा कति प्रभावकारी हुन्छ भने कुनै औषधिविना नै घाउ चट हुनेछ ।
४। सहरदेखि टाढा हरियाली ठाउँमा पिकनिक खान जाँदै हुनुहुन्छ भने जंगल वा छाँगाको भ्रमण गर्न नछुटाउनुस् । त्यहाँ गाउँकी कुनै सोझी तर सुन्दर युवती नाचिरहेकी हुन सक्छिन् । त्यसपछि रुख र ढुंगामा लुकेर फोटो खिच्नुस् । घटनाहरुले तपाइर्ंलाई प्रेमको बाटामा डोर् याउनेछन् ।
५। चोभार वा कुनै गोदाममा जानुस् त्यहाँ मायाको भोकी युवतीलाई गुन्डाले ज्यादती गर्न खोजिरहेको हुन सक्छ । कानलाई चनाखा राख्नुस् । कुनै कुनाबाट युवतीको चीत्कार आइरहेको सुनिनेछ । अनि भित्ता फोड्दै जानुस् । गुन्डालाई धुलो र युवतीलाई मायाको गुलियो चटाउनुस् ।
६। कुनै पाको उमेरको मान्छे भेटेमा राम्रो व्यवहार देखाउनुस् । तपाईंको मानवताबाट प्रभावित भई उक्त व्यक्ति तपाईंलाई आपुनो ज्वाइँ वा बुहारी बनाउने निचोडमा पुग्न सक्छ । बरु तपाईंचाहिँ कुनै बहाना लिएर उक्त व्यक्तिको घरमा पुग्नुस् । उनका छोरा वा छोरीसँग भेट त हुनैपर् यो नि †
७। कुनै युवती बेसहारा छिन् भने उनलाई प्रत्यक्ष थाहा नहुने गरी सहयोग गर्नुस् । उनीसँगको सम्बन्धलाई पनि जारी राख्नुस् । अनि एकदिन आपुूले सहयोग गरिरहेको कुरा उनको कानसम्म पुर् याउन कुनै पात्रलाई प्रयोग गर्नुस् । तपाईंको सहयोगको ऋण उनले प्रेम दिएर चुक्ता गर्नेछिन् ।
८। मन परेकी युवतीको बिहे हुन लागेको छ भने हिम्मत नहार्नुस् । तपाईंलाई युवतीले बिहेको कार्ड पक्कै दिनेछिन् । तपाईं कोठामा उदास भएर नबस्नुस् । बिहेको जग्गेमै पुग्नुस् र

Last edited: 04-Oct-08 02:29 PM
Read Full Discussion Thread for this article