Posted by: Nepe October 3, 2008
prachande
Login in to Rate this Post:     1       ?         Liked by

Bubble,

 

तिम्रो साईबर-क्रोधसंग मलाई बालमतलब छैन । म त तिमीले नेपालको वास्तविक आर्थिक स्थितिबारे देखाएको राम्रै जिज्ञासाको कारण यो छोटो टिप्पणी जवाफ लेख्तैछु ।

 

गएको विद्रोहकालिन दशकभर नेपाल आर्थिक रुपमै धराशयी भएर एउटा विफल मुलुक बन्ने आशंका र भविष्यवाणी सर्वत्र गरिएको थियो । भयो उल्टो । हामी विफल मुलुक नभएको मात्र होईन, नेपालीहरुले केही आर्थिक प्रगति समेत गरे, निरपेक्ष र सापेक्ष दुबै आर्थिक मापदण्डमा ।

 

यस चमत्कारको पछाडी रेमिट्यान्स अर्थतन्त्रको ठूलो योगदान छ । त्यसमा कुनै शंकै छैन । मैले अघि नेपालीहरुले अनेक दु:खजिलो गरेर आफ्नो आर्थिक स्तर उकासेरै छाडे भनेर यसलाई समेत ईङ्गित गरेको हुँ । यसबाहेक स्वदेशमै बसेका नेपालीहरुले पनि सारा प्रतिकुलता हुँदाहुँदै पनि बाँची ‍छाड्ने, गरी खाने बलियो ईच्छाशक्तिले आफ्नो जिविका जारी राखे र सबभन्दा आश्चर्यजनक र गर्वको कुरा त युद्धरत कुनै पक्षको पनि पक्षमा नलाग्ने बुद्धिमानी र परिपक्वता देखाई आफ्नो आफुलाई हिंसा र द्वन्दबाट अलग राखे ।

 

आम नेपालीहरु त्यति बुद्दिमान र परिपक्व नहुँदा हुन् त, याने, Bubble, pyartiketi, bathroom ले देखाउने खालको क्रोधले ग्रस्त भएर युद्धमा होमिदा हुन् त, नेपाल साच्चै नै धराशायी र एक विफल मुलुक हुनेथियो ।

 

धन्य आम नेपाली जनता, जसले आफ्नो जिजिविषा (survival desire), निस्पक्षता आसावादितालाई जस्तोसुकै प्रतिकुलतामा पनि गुम्न दिएनन् र अवसर मिल्नासाथ हरेक अवसरमा साहस (उदाहरणको लागि जनआन्दोलन) र परिपक्व निर्णय-क्षमता (सम्विधानसभाको चुनाव) देखाए र आज हेरम् - पुराना निकम्मा दलहरुलाई कि-त-योग्य-बन-कि-त-लोप-होउ को अवस्थामा पुर्‍याईदिएका छन्, हिंसावादी उग्रवादी माओवादीलाई दाम्लोले बाधिदिएर आफ्नो सेवामा लगाई परिक्षण गरिरहेकाछन् र आफ्नो जिविकोपार्जनमा निरन्तर लागिरहेकाछन् ।

 

लामोसमयसम्म म नेपालमा कमसेकम एकजना योग्य नेता र दल त भईदियोस् भनेर प्रार्थना गरेको गरेई छु । आज मलाई महसुस भईरहेको छ, म त अन्धो रहेछु, मेरो प्रार्थना त उहिले पुरा भईसकेको रहेछ हामीले धैर्यवान र परिपक्व नेपाली जनतालाई नै योग्य नेताको रुपमा पाईसकेको रहेछौं । मलाई पुरा विश्वास छ, यिनकै कुशल नेतृत्व र पहरेदारीमा नेपाल प्रगतिपथमा अघि बढ्नेछ, बढिरहनेछ ।

Nepe  

 

Read Full Discussion Thread for this article