Posted by: Birkhe_Maila October 2, 2008
Login in to Rate this Post:
0
?
ल ल यसपाली दशैँमा कसले के बनाउने के गर्ने बाँडफाँड गरौँ!
दीप- खसि किन्न जाने तर मन्दिर तिरै हराउने लोल!
चिप्ले- वास्तवमा अब भएन भनेर खसि ल्याउने र काटकुट पार्ने
बब्ली - सेल र सेकुवा पकाउने
चेली नानी- मासु साँध्ने
खुसी- प्याज काट्ने (रुन पाइन्न नि फेरि), लसुन छोडाउने, खुर्सानि मसला पिस्ने
हर्के- तिनापनेको व्यवस्था गर्न जाने
ठूल्दाई- चिलिमको व्यवस्था गर्ने
सान्नानी- देवीको पूजा गर्ने
रिकुटे- ३ गड्डि तास, च्यूरा र मादल खोज्न जाने
बिर्खै बुडा- मजाले पलेँटि कसेर बसेर कपाकप खाँदै जाने
कृपया यस काम बाँडफाँडमा केहि सुधार गर्न सकिन्छ भने गर्नुहोला।
धन्यवाद्
चौतारि दशैँ काम बाँडफाँड समिती