प्रम प्रचण्डको अमेरिका भ्रमणबारे मेरो संक्षिप्त टिप्पणी:
१. पूर्व प्रम शेर बहादुर देउबाको भ्रमणसंग तुलना गर्ने हो भने प्रचण्ड हरेक मामला र ठाउँमा उच्च कोटीका देखिए ।
२. अन्य कारण सहित माथिका कारणले समेत होला, माओवादीप्रति पूर्व सहानुभूति वा विश्वास पटक्कै नभएका धेरै नेपालीहरु समेत प्रचण्डद्वारा साह्रै प्रभावित भए ।
३. म आफै भने खासै प्रभावित हुन सकिनँ । प्रचण्डका सन्देशमा, मैले देखेसम्म, नाराहरु र रहरपूर्ण विचारहरुको अधिकता थियो; ठोस वस्तुहरु कम थिए ।
उनले आफुलाई पुरानो नेपालको नष्टकारको रुपमा त देखाए, तर नयाँ नेपालको निर्माणकारको रुपमा देखाउन सकेनन् ।
उनका तीन प्राथमिकता (निष्कर्शित शान्ति, सम्विधान लेखन र आर्थिक क्रान्ति) को हकमा, पहिलो (निष्कर्शित शान्ति) त कुनै उर्जा र परिश्रम नै नपर्ने लगभग सकिएको काम हो, दोश्रो (सम्विधान लेखन) लगभग स्वचालित ढंगले आफै हुने काम हो र तेश्रो (आर्थिक क्रान्ति) को बारेमा कुनै कोहरेन्ट भिजन र ठोस योजना बताउन सकेनन् ।
खास गरेर आर्थिक उन्नतिको लागि एक पुस्ताले गर्नुपर्ने कठोर त्याग र काम को पहिचान गर्न सकेनन् उनले । सबै कुरामा पेट काटेर शिक्षामा गरिनुपर्ने भिषण लगानी, माओवादी स्वयंलाई पनि लागु हुने कठोर कानुनी राज्य र सुशासनको बारेमा उनका विचार वा प्रतिवद्धता अनुपस्थित थिए । अरु पनि कुरा छन्, तर अहिले यत्ति नै ।
समग्रमा भन्नुपर्दा, माओवादी नेतृत्व अहिले on-the-job-training मा रहेको अनुभव भयो मलाई ।
आसा छ, प्रचण्डको यो भ्रमण उनको लागि र, बाई एक्स्टेन्सन, समस्त नेपालको अग्रगमण र प्रगतिको लागि उपयोगी रह्यो ।
Nepe