Posted by: Birkhe_Maila October 1, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
""भारतियको पसल छैन  दहि घरमा बनाउन खोजेको  जमेन छ""

च्यूरा पाउन गाह्रो हुन्छ त्यसोभए त!

जहाँ इच्छा त्यहाँ उपाय! सकेसम्म प्रयास गर्ने तरिका-

१) दही जमाउन दही नै अलिकता मिसाएर राखे राम्रै बन्न पर्ने हो, फेरि एक पटक प्रयास गर्नुहोस, नभए दही त किनेकै खाइदिए पनि भयो नि!
२) कतै धान पाइन्छ कि खोज्ने। धान भेटियो भने धानलाई हल्का तापमा पानिमा उमाल्ने। धानभित्रको चामल अलि अलि पाकेपछि मिठो गन्ध आउँछ। पानी फाल्ने र धानलाई गहिरो कराइ(कडाही) जस्तो भाँडोमा भुट्ने। धानको सतह डढ्न लाग्ने बेलामा( नडढ्दै) झिक्ने र तातै अवस्थामा छँदा ओखल जस्तो भाँडो (कुनै स्टोरमा फलाम वा ढुङ्गाको किन्न पाइएला शायद) मा राखेर कुट्ने। केहि बेर कुटेपछि, फुकेर वा एक भाँडो बाट अर्को भाँडोमा खन्याएर फुक्लेका धानका भुस फाल्ने र फेरि कुट्ने। अन्तयमा बाँकि भुस फाल्ने र जे जस्तो भए पनि आफैँले मिहिनेत गरेर बनाएको च्यूरामा दहि हालेर कपाकप खाने! हेँख हेँख हेँख


हर्के लु आइपुग अष्टमीको दिन सम्ममा, एउटा खसि एकादशि सम्ममा दुईभाई मिलेर चिरिप्प पारम्ला!
Read Full Discussion Thread for this article