Posted by: Nepe October 1, 2008
Hello from Korea
Login in to Rate this Post:     0       ?        

धर्कोजी,

 

तपाईको सपना सुनेर त्यसै त्यसै नयाँ उर्जाको संचार हुन्छ । धन्य छ तपाईलाई । ढिलो र चाँडोको कुरा मात्र हो, तपाईले सोचेको जस्ता निर्माण र प्रगति हामीले पक्कै देख्न पाउनेछौं- आदर्श नेता र राजनीतिको अभावमा पनि त्यो सम्भव छ । त्यसको लागि कोरिया भन्दा ठूलो उदाहरण के होला ? अहिले तैबिसेक होला, नत्र त कोरिया भ्रष्टाचारका काण्डै काण्डको र क्रान्तिकारी विद्यार्थीका आन्दोलनै आन्दोलनको मुलुक थियो एक जमानामा र एकातिर त्यसो भईरहदा पनि आर्थिक प्रगति भने भएको भएई भईरहेको थियो ।

 

कोरियामा भ्रष्टाचार र विकास कसरी संगसंगै गए भन्ने बारे एउटा चाखको पुस्तक यहाँ छ:

 

Crony Capitalism: Corruption and Development in South Korea and the Philippines (Cambridge Studies in Comparative Politics)

Author: David C. Kang

Publisher: Cambridge University Press (February 11, 2002)

http://www.amazon.com/Crony-Capitalism-Development-Philippines-Comparative/dp/052100408X

 

 

नेताहरुको भ्रष्टाचार र विद्यार्थीहरुको आन्दोलनलाई पचाएर आर्थिक उन्नति गरेको मुलुक हो कोरिया ।

 

हामी पनि त्यस्तै त्यस्तै बाटोमा छौं कि जस्तो लाग्छ मलाई ।

 

Nepe

 

 

Read Full Discussion Thread for this article