Posted by: _ October 1, 2008
IAAS - Rampur Campus
Login in to Rate this Post:     0       ?        

म पनि फुर्तिचोक काभ्रेघाट १९९९-२००२ सम्म पटक पटक गएको थिए  र शिवघाट अझै पछी पनि धेरै पटक गएको छु। तीनवटै ठाउँका आफ्नै बिशेषता छन। तर एउटा ठाउँ छ नि, म २००६ मा गएको, शायद शिवघाटबाट बिजयनगर जाँदा हुनुपर्छ -एउटा पार्क र त्यसको छेउमा एउटा ठिकै खालको खाजा खाने ठाउँ थियो, पार्कको gate नजिकै। पार्क भुतपुर्ब सैनिकले बनाएको भनेको जस्तो लाग्छ। पार्कको नजिकै एउटा मन्दिर पनि थियो कि जस्तो लाग्छ। कसैलाई थाहा छ कि त्यो कहाँ हो? म पानी परेको हुनाले एक चोटि त्यहाँ बसेको थिए, एक पटक मात्र पुगेको.......ठाउको नाम नै भुलेँ।

वास्तवमै चितवनमा धेरै रमाइला ठाउँहरु छन।

अनी थुम्सी (नरयणी पारी) को लोकल कुखुरा र ढिँडो कसैलाई सम्झना छ?

 

 

Read Full Discussion Thread for this article