Posted by: Himalaya178 October 1, 2008
prachande
Login in to Rate this Post:     0       ?        

छोरा प्रकाश कम्प्युटर स्टाफ

काठमाडौं, (नेस) प्रधानमन्त्री प्रचण्डले छोरा प्रकाशलाई राष्ट्रसंघको भ्रमणमा छोराको रूपमा नभई कम्प्युटर स्टाफको रूपमा सहभागी गराएको बताउनुभएको छ।

पहिलेका प्रधानमन्त्रीलाई आफैले आरोप लगाएझैं परिवार नै लिएर किन अमेरिका जानुभएको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो- ँप्रकाश प्रधानमन्त्री कार्यालयमा कम्प्युटर स्टाफ हो र उसले पहिल्यैदेखि पार्टी संगठन पनि हेर्दै आएको छ। उसलाई परिवारको सदस्य मात्र भन्नु अन्याय हो।’

सञ्चारकर्मीले छोरा प्रकाशबारे प्रश्न उठाउँदा प्रधानमन्त्री पत्नी सीता दाहाल जबाफ दिन तम्सिनुभएको थियो। तर प्रधानमन्त्री प्रचण्डले जबाफ दिने क्रमलाई निरन्तरता दिनुभएपछि प्रधानमन्त्री पत्नी दाहालले ँभो अब सिध्याइदिउँ’ भनी प्रधानमन्त्री र सञ्चार्रर्मीबीचको अन्तरक्रियालाई बिट मार्न आग्रह गर्नुभएको थियो।

 

Wonder what she was going to say?

Read Full Discussion Thread for this article