Posted by: Birkhe_Maila October 1, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     2       ?         Liked by

जाबो एउटा मात्र स्टार?! पर्ख मेरो नि पाँचवटा हुन्छ!

 

सान्नानिले सोधे जस्तो के हो त यो फाइव स्टार?

हाम्रो देशमा हाम्रो शहरमा फाइवस्टारहरु जताततै छन्। तपाइँले केवल ध्यान दिनुमात्र पर्छ। सोच्नुहोस त, तपाइँ, तपाइँ बस्ने ठाउँबाट १-२ घन्टा शहरमा हिँड्नुभयो भने कति फाइवस्टारहरु देख्नुहुन्छ? केहि लेखाजोखा गरौँ है त!

---

फाइव स्टार टेलर्स

सुटिङ एन्ड सर्टिङ, रफ्फु मास्टर

प्रो- हकिम

 ------

फाइव स्टार कम्युनिकेशन सेन्टर

फोन, एस टि डि, आइ एस डि, फ्याक्स, कम्पूटर, फोटोकपि,

(नोट: यहाँ एक घन्टामा फोटो तयार पारिन्छ)

 ----

फाइव स्टार म:म

यहाँ मम, चाउमिन, थुक्पा, बारा, भटमास, च्यूरा आदी पाइन्छ।

(नोट: घरको लागि प्याकिङको पनि व्यवस्था छ।)

 ----

फाइव स्टार रेस्टुरेन्ट एन्ड क्याबिन

 

बाहिर झिलिमिली भित्र तिरिमिरी

 -----

 

के तपाइँ गानो गोला वायु शूल ग्याँस्टिक अमलपित्त कमलपित्त कृष्णपित्त पित्तैपित्त, ढाड दुखेको, पेट फुकेको, स्तन झुकेको, पुट्ठा सुकेको, धातु, हर्निया, क्यान्सर, एड्सबाट पिडित हुनुहुन्छ? हुनुहुन्छ भने हामिलाई सम्झनुहोस्।

फाइवस्टार आरोग्यधाम

 ------ 

 

खालि उहि चाउचाउ, खाँदा खाँदा दिक्क लागिसक्यो!

ल पातली यो चाउचाउ खाएर हेर त! नेपालमै पहिलो पटक मैदामा चामलको पिठो हालेर थाइ प्रबिधीबाट बनाइएको चाउचाउ सुष्टिपुष्टिदायक र स्वादिलो छ!

हो त, यो त साह्रै मिठो चाउचाउ पो रहेछ, अबदेखि म खानामा पनि खाजामा पनि भोजमा पनि यहि चाउचाउ खान्छु

हजूर तपाइँ पनि पौष्टिक तथा स्वादिलो चाउचाउको लागि फाइवस्टार चाउचाउलाई सम्झनुहोस्!

 

 -------

 

फाइवस्टार दशैँ बोनान्जा!!

सिमित समयको लागि फाइवस्टार चिया सगर्व प्रस्तुत गर्दछ-

फाइवस्टार दशैँ बोनान्जा!!

फाइवस्टार चियाको ३ खालि डिब्बा दिनुहोस र प्राप्त गर्नुहोस, चिया पारखी ठुल्दाईसंगको चिया पिउने अवसर!

 ------

 

ढ्यान्ट्यार्यान…….

 

 

 

Read Full Discussion Thread for this article