Posted by: Deep September 29, 2008
Login in to Rate this Post:
1
?
Liked by
जिम्माल प्रभो,
जिन्दगीले एउटा पाठ चै कण्ठस्थ के घोकायो भने हिंजोलाई पर्खिनु हुन्न, भोलीलाई बिर्सिनु हुन्न, अनि आजलाई रोक्नु हुन्न।
हिजोका दशैहरु अब आउन्नन। आजका दशैहरु भोली हुन्नन। भोलीका दशैहरु न त आजका जस्ता हुन्छन न नै हिंजोका जस्ता।
बस चढेर हिनीएको छ प्रभो, छुटेका बिसौनीहरु देखियो। टिकट आफुले काटेको हैन। आफ्नो बिसौनी थाह् छैन। ओर्लिनु छ थाह छ, तर कहिले त्यो जान्नु पनि छैन।
झोक्राएर जिन्दगी खुशी हुन्न। जिन्दगीलाई जिबन्त बनाउनु छ। नभएका कुराहरुको टिपोट बनाउने धुनमा भएका कुराहरु मेटाउनु छैन।
कसो प्रभो?