Posted by: Deep September 29, 2008
दशैं आको होला
Login in to Rate this Post:     0       ?        
 

घरमा अचेल अलि छिट्टै बिहान हुँदो हो
धुप र भजनमा मग्न आफ्नो घर हुँदो हो

मन्दिरहरुमा घण्ट बजाउनेहरुको भिड होला
दियोहरुमा आँखा सेक्नेको पनि भिड होला

बजारमा रहरको बाढी अचेल पनि उर्लिदो हो
त्यो बाढीले अझै पनि कतिलाई बगाउँदो हो

डाँडाहरु अनि खेतहरुमा कति पिंग उभिए हुन
ति पिंगहरु चढ्ने साथिहरु पनि सजिए हुन

सानाका आँखामा चमक अल्झिएकै होलान
ठुलाका भाखामा बहना बल्झिएकै होलान

दु:खको रापमा कतै दशै छुट्टीमा होला
त्यै दशै फेरी कसै कसैको मुट्ठीमा होला

घाम अस्ताए भने रमाईलो हुन्न केही मनमा
उदाउन घाम सबैका मनमा, यही शुभकामना

 
Read Full Discussion Thread for this article