Posted by: Sarkozy September 25, 2008
सक्कली ओएस प्रयोग नगरे कम्प्युटरले काम नगर्ने
Login in to Rate this Post:     0       ?        

सक्कली ओएस प्रयोग नगरे कम्प्युटरले काम नगर्ने

सुरेन्द्र पौडेल (काठमाडौं) विश्वकै सबैभन्दा ठूलो सफटवेयर निर्माता कम्पनी माइक्रोसफटले नेपालका कम्प्युटर उपभोक्तालाई कम्प्युटर सञ्चालन प्रणाली ँविन्डोज एक्सपी प्रोफेसनल’ (ओएस) को सक्कली संस्करण प्रयोगमा ल्याउन तथा नयाँ संस्करण अपडेट गर्न एक महिनाको अवधि दिएको छ।

सफटवेयर बजारमा हुने पाइरेसी रोकी कम्प्युटर प्रयोगकर्तालाई सक्कली सफटवेयर प्रयोग गराउने अभियानअनुसार माइक्रोसफटले यो कार्यक्रम ल्याएको जनाएको छ।

माइक्रोसफट मार्केट डेभलपमेन्ट पार्टनर नेपाल नामक संस्थाले माइक्रोसफटको नेपालको बजारलाई हेर्दै आएको छ। संस्थाकी लेखा प्रबन्धक सुनैना घिमिरे पाण्डेका अनुसार मंगलबारबाट यो अभियान प्रारम्भ भएको छ।

लेखा प्रबन्धक पाण्डेका अनुसार नेपालभित्र ओएस प्रयोग गर्ने प्रयोगकर्ताले एक महिनाभित्र पनि आफनो कम्प्युटरमा रहेको नक्कली ओएसको ठाउँमा सक्कली ओएस नफेरे एक महिनापछि सो प्रयोग गरिएका कम्प्युटरको डेक्सटप प्रत्येक एक घण्टामा पूर्ण रूपमा कालो स्त्रिmनमा रूपान्तरण हुनेछ।

ँहामीले दिएको एक महिना अवधिसम्म नक्कली विन्डोज एक्सपी प्रोफेसनल प्रयोग गर्ने कम्प्युटर खोल्नेबित्तिकै एउटा सूचना -डब्ल्यूजीए नोटिफिकेसन) स्त्रिmनमा आउनेछ, जहाँ सक्कली संस्करण प्रयोग गर्न अनुरोध गरिएको हुन्छ’, लेखा प्रबन्धक पाण्डेले भन्नुभयो- ँयदि एक महिनाभित्र सक्कली एक्सपी प्रोफेसनल ओएस नराखेमा प्रत्येक एक घण्टामा कम्प्युटरको स्त्रिmन पर्ूण्ा कालो हुनेछ जहाँ केही पनि देखिँदैन र पुनः कम्प्युटर खोले पनि फेरि एक घण्टामा यही प्रक्रिया दोहोरिनेछ।’

माइक्रोसफटका अनुसार विन्डोज एक्सपी प्रोफेसनल राखिएका तर इन्टरनेट नजोडिएको कम्प्युटरमा भने यो समस्या देखिनेछैन। स्त्रिmन पूर्ण कालो भएर काम गर्न नमिले पनि कम्प्युटरमा रहेका फाइलमा कुनै असर नगर्ने भनाइ लेखा प्रबन्धक पाण्डेको छ।

नेपालमा केही हातमा गन्न सकिने अन्तर्राष्ट्रिय संघसंस्था र बैंकहरूले मात्र सक्कली ओएस प्रयोग गर्दै आए पनि ९५ प्रतिशतभन्दा बढी कम्प्युटर प्रयोगकर्ताले नक्कली ओएस प्रयोग गर्दै आएका छन्। सरकारले आफना कार्यालयहरूमा समेत सक्कली ओएस प्रयोगमा हालसम्म ल्याउन सकेको छैन।

माइक्रोसफटका अनुसार विन्डोज एक्सपी प्रोफेसनलको सक्कली संस्करणको मूल्य १० हजार रुपियाँभन्दा बढी पर्ने गर्छ, नेपालका प्रयोगकर्ताले भने डेढ दुइ सय रुपियाँमा यसको नक्कली संस्करण प्रयोग गर्दै आएका छन्।

नेपालमा कति कम्प्युटर प्रयोगमा छन् भन्ने तथ्यांक हालसम्म कसैले नखोजे पनि यो संख्या ८ लाखभन्दा माथि नै रहेको अनुमान गरिँदै आइएको छ। ८ लाख कम्प्युटरमा मात्र विन्डोज एक्सपी प्रोफेसनलको सक्कली ओएस राख्ने हो भने पनि ८ अर्ब रुपियाँभन्दा बढी रकम ओएसका लागि खर्च गर्नुपर्ने देखिन्छ।

लेखा प्रबन्धक पाण्डेका अनुसार एउटा सक्कली ओएसको संस्करण एउटा मात्र कम्प्युटरमा प्रयोग गर्न सकिन्छ। यदि एउटा सक्कली ओएसको संस्करण एकभन्दा बढी कम्प्युटरमा इन्स्टल गरियो भने पहिलोबाहेक अन्य कम्प्युटरमा (स्त्रिmन पूर्ण कालो हुने) समस्या दोहोरिनेछ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संस्था (आईटीयू) का अनुसार नेपालमा अहिले ३ लाख ३७ हजार १ सय इन्टरनेट प्रयोगकर्ताहरू छन्। यो तथ्यांकअनुसार नेपालको कुल जनसंख्यामध्ये १ दशमलव १ प्रतिशतको मात्र इन्टरनेटमा पहँच रहँदै आएको छ।

इन्टरनेट प्रयोगकर्तालाई आधार मान्ने हो भने अबको एक महिनापछि ३ लाख ३७ हजार १ सय नेपाली कम्प्युटर प्रयोगकर्ताले आफनो नक्कली ओएस हर्टाई सक्कली विन्डोज एक्सपी प्रोफेसनल ओएस इन्स्टल गर्नुपर्ने देखिन्छ।


 
Read Full Discussion Thread for this article