Posted by: प्रशान्त September 24, 2008
Solidarity to Newar’s struggle for Cultural Rights.
Login in to Rate this Post:     0       ?        


२००० मा बेचेको जग्गा २-४ करोड पुगेकोले फिर्ता गर भनेको हैन बन्धु, छलकपट गरेर अन्यायपुर्वक २००० दाम फालेर जग्गामाथि अनधिकृत स्वामित्त्व कमाएकाहरुमाथि त्यो नाजायज स्वामित्त्व परित्याग गर भनेको हो । सुकुम्बासिले भोगचलन गरेको जग्गा होस, वा जसको जोत उसको पोत भन्ने नारा होस, त्यहाँ पनि यस्तै स्वामित्त्व परीत्याग गर्ने कुरो नै मूल आधार हो । सार्वजनिक जग्गा सुकुम्बासीलाइ दिने भए सरकारले स्वामित्त्व परित्याग गरेको न ठहर्छ, जमिन्दारको जग्गा खोसेर बाँड्ने भए निजि स्वामित्त्व परित्याग गरेको न ठहर्छ, इतिहासमा यस्तो कति भएको छ कति । भुमिसुधार भन्ने राजनीतिक नारा नै यस्तै किसिमले स्वामित्त्व परित्याग गराउने नीतिमा आधारीत छ । त्यस्ता मागहरु सबैले राख्न पाएकै छ, स्वामित्त्व परित्याग गर भन्न सबैले पाएकै छ । ती मागहरुमा मानिसहरु आफ्नो ब्यक्तिगत फाइदाको लागि लडेका छन । बरु यहाँको यो माग कसैको ब्यक्तिगत फाइदाको निमित्त उठाइएको होइन । बरु सांस्कृतिक धरोहर रक्षणार्थ पुर्खाले राखिछोडेका जग्गा र सदाहार आयश्रोतमाथि नाजायज स्वामित्त्व हासिल गरेका लोभिपापि र समाजका दुष्ट चुसाहाहरुलाइ तत्ततत्त जग्गाको स्वामित्व छोड भनेको पो हो । भाउ बढेर २-४ करोड पुगोस वा २-४ अरब, ती जग्गाहरु नेवारले जरुर खोस्ने छ एकदिन, गुथिको जग्गामा मोजमस्ति गर्नेहरुलाइ चेतना भया ।

 

From mysansar comment box

Read Full Discussion Thread for this article