Posted by: प्रशान्त September 24, 2008
Solidarity to Newar’s struggle for Cultural Rights.
Login in to Rate this Post:     0       ?        

 

के पैसा नभएर सरकारको मुख ताकेर बसेको भन्ठानेको ? पैसा नाथे के हो र? यो जात्रामा एउटा होर्डिङ बोर्ड मात्रै स्पोन्सर गराउने हो भने पनि १५-२० लाख रुपैया तिर्न जो पनि तयार छ । यो जात्राको लागि पैसा चाहियो भनेर चन्दा मात्र उठाउने हो भने पनि २४ घन्टामा २४ करोड चन्दा उठाउने क्षमता पनि छ नेवारहरु सित, धाक दिएको नठान्नु होला । तर त्यो स्रोत गौण विषय हो, मुख्य विषय राज्यले हाम्रो संस्कृति संरक्षणमा दायित्व निर्वाह गर्यो कि गरेन भन्ने हो । पैसाको निमित्त कसको मुख ताक्यो भन्ने हैन ।

यो जात्रामा सरकार दायित्वबाट च्युत भयो र सांस्कृतिक खर्चलाइ अनावश्यक फजुल खर्च भनेर यसको अवमुल्यन गर्यो, आपत्ति त्यहाँ छ ।

तपाइलाइ थाहा छ ? भक्तपुरको जात्रामा सरकारले ३३ पैसा दाम चढाउने परम्परा छ । यो परम्परा शायद २०० वर्ष पुरानो होला, त्यो ३३ पैसाले के गर्जो टर्छ ? तर पनि त्यो पैसा लिने परम्परा पछाडि साँस्कृतिक अधिकार रक्षामा राज्यकोषको लगानिलाइ प्रतिनिधित्व गर्छ, त्यसैले त्यो परम्परा अझै जिवित छ ।

 

From mysansar comment box

Read Full Discussion Thread for this article