Posted by: Rahuldai September 22, 2008
Maoists Govt Attacking Newari Culture
Login in to Rate this Post:     0       ?        

ईन्द्रजात्रा मा देखिएको बाबु राम जात्रा बारे नेवार र गैर नेवार बीच फाटो ल्याउने कुचाल साझा भित्र पनि देखियो। देश मा त छर्लङ नै भैसक्यो।
जात्रा, पर्ब कुनै जाती बिशेष को हुँदैन। नेवार कुनै जाती हुँदै होइन। नेवारी भाषी समुदायको परिचयबाचक् नाम हो। नेवार भित्र ब्राम्हण, छेत्री , बैश्य र शुद्र सबै छन। त्यसमाथि बौद्धमार्गिहरुको संख्या उल्लेख्य
 
ईन्द्रजात्रा को जात्रा मात्र १५ हजार को कुरा होइन। लाखे नाच चलाऊनको लागि सरकारी कोषबाट दिइने १५ हजार त साझाका पाठकहरु मध्ये जो कोइले दिन

असली कुरो देशको संस्क्रिती माथि बर्बर प्रहार हो। आज ईन्द्र जात्रा मा गरे, भोली भक्तपुर को बिस्केट जात्रामा गर्ला। पर्सी मिथिलाको छठ पर्ब मा गर्ला, निपर्सी जानकी मन्दिरलाई वाइस्याल बस्ने धर्मशाला बनाउछु भन्ला। जाती र संसक्रितिमाथिको सुनियोजित आक्रमण को प्रथम चरण थियो माओवादी को । अर्थात पूर्ण साम्यवाद को पहिलो अभ्यास हो। धर्म मनाउने स्वतन्त्रता, वाक स्वतन्त्रता, अझ भनुं मान्छे भएर बाँच्न पाउने मानवाधिकार माथि को पहिलो र अचूक आक्रमण हो।

नेवार को पर्ब र जात्रा माथि आक्रमण हुंदा नेवार जाती लाई हेलाँ गर्ने मित्रहरु हो, बाबुराम र माओवादी को बाघ ले तिमीहरुको घरको बाख्री लाई पनि छोड्नेवाला छैन। अहिले नेवार लाई गाली गरेर ताली बजाउदा को स्वाद आफ्नो घर माथि आफन्तको जिउने अधिकार माथि पोल्पोट शैली लाडे पछी थाहा हुन्छ।

निश्चय नै बली दिने कार्य आज को युग सुहाउदो छैन। बली को बिरोध गर्नुस्।
 भन्दा पहिला, मान्छे को जिउने अधिकार सुनिस्चित गर्नुस्, माओवादीका जयजयकार गर्ने स्वघोषित विद्वानहरु। १३ हजार निर्दोष नागरिकहरु को बली के केही जनावर बली भन्दा पीडादायक थिएन र?  रामहरिको बली के रांगो बली भन्दा दर्दनाक थिएन र? जल्लाद हरुको हात ले शान्तिको परेवा उडाउने नाटक बन्द गरे हुन्छ। अध्यारोमा जनता राखेर माओले जस्तै शासन चलाऊन फेरी माओ जिउदो भए पनि सकिन्न।
 
डा बाबु राम को आफ्नै श्रीमती हिसिला नेवार समुदाय कै चेली हुन र पनि बाबु राम ले यो दुस्साहस गरे। त्यसमा पनि कुनै आश्चर्य छैन। माओबाद को बिर्को लागे पछी   बिद्यावारीधी गरेको विद्वान को त यो हाल हुन्छ भने, तिनकी श्रीमती ले आफ्नो जातिय पहिचान बिर्सन कत्रो ठुलो कुरा भयो र? कार्यकर्तालाई बाड्ने कार्यक्रम अन्तर्गत १ अरब १७ करोड खर्छ छुट्याउन सक्ने ले बर्षाको २-३ लाख जोगार गर्न न सक्ने होइन। हिसाब कमजोर पक्कै होइनन बाबु राम दम्पती । चुरो कुरो संस्क्रिती माथि बर्बर आक्रमण हो। यो आक्रमण तपाईंहरु को घर दैलो सम्म आउँदैन भन्ने के ग्यारेन्टी?
अस्तु! 

Read Full Discussion Thread for this article