Posted by: SHIV September 21, 2008
naalmaliu - Deep
Login in to Rate this Post:     0       ?        
आफ्नो आफ्नो जकर्मो गर्ने बेला मा कसरी भनु के हुँ म ?
शायद लेख्न नमिल्ने किताब हुँ म
शायद कसैले वास्ता नगरेको गीत हुँ म
शायद ताल को अभाव मा निस्केको अनौठो धुन हुँ म
शायद किनारा मा छितीज को सपना देख्ने एक दिबा स्वप्नी हुँ म
शायद बिखण्डित वास्तबिकताको यथार्थ हुँ म!
म के हुँ त ?
कता कता बाट आउने मिठो बास्ना को मिठो भोजन हुँ त ?
के म फालियेको जुठो पो हुँ त?
आफ्नै परिचय गर्न खोजदा म कहाँ बाट कहाँ पुगे
यो बिराट संसार मा अरबौ जिव मधे
फगत एक अस्तित्व हुँ ?   
कैले गर्वमा संसारई को माथि हुन्छु
कैले कैले निराशामा संसारई को मुनी हुन्छु
कैले तल कैले माथि शायद यही नै त जीवन हो
लाग्छ जीवन छोटो छ, धेरै काम गर्नु छ
सबै को मुहार म सक्दो मुस्कान छरनु छ
तर गर्नु के म त रणभुल्ल मा छु,
आफ्नु अस्तित्व  जस्ताइ
जीवन लाई शब्द मा उतार्न असफल प्रयास गर्दै छु.

Read Full Discussion Thread for this article