Posted by: JharekoPaat September 21, 2008
Girls !!! Think before going to Abroad
Login in to Rate this Post:     0       ?        
बेटर नेपाल ज्यु को विचार त राम्रै हो तर हाम्रा चेली बेटीहरुका लागि त (र दाजु भाइका लागि पनि तर यो धागोमा चेलीबेटीको मात्र कुरो उठेकोले चेलीबेटीको मात्रै कुरा गरेको ) नेपालमा भन्दा अमेरिका अथवा अन्य पश्चिमी मुलुकमै रमैलो नि ।
बाउ आमाको रोकटोक केही नहुने, राति जतिबेला घर फर्के पनि भो । बोयफ्रेन्डको मै गएर बस्न मन लागे पनि बस्न पाइने । क्लब तिर जान पनि जहिले मन लागे तहिले गयो । मदिरा पान र धूम्र पान पनि बेरोकटोक । बिहे नै गरिसकेको छ भने पनि केही छैन । लोग्नेले केही भन्यो भने छोडेर हिंडे भैहाल्यो । नेपालमा पो सासु ससुराले केही भन्लान कि अथवा माइतीमा लाज होला की भन्ने पीर । अमेरिकामा के को लाज सबैले त्यसै गर्छन । अनि यस्तो छूट पाइने ठाउँ छोडेर हाम्रो नेपाल जस्तो संकुचित वातावरण भएको ठाउँमा बस्न कर गर्नु हुन्छ त बेटर नेपाल ज्यु ? नेपालमा त नारी हक हित को कुरा मात्र हुन्छ । यहाँ त गरेरै देखाएका छन गाँठे । मान्नै पर्छ ।
Read Full Discussion Thread for this article